२०८१ वैशाख ६ गते | 18th of April 2024

हत्यारा पक्राउ नगरेसम्म देशभरका निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २३ गते १५:११

हत्यारा पक्राउ नगरेसम्म देशभरका निर्माण ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं २३ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई पक्राउ नगरेसम्म देशभरका निर्माणका काम ठप्प पार्ने महासंघले जनाएको छ ।
महासंघका महासचिव रामशरण देउजाले यो घटनाबाट देशभरका निर्माण व्यवसायीमा त्रासको वातावरण सिर्जना भएको बताएउदै महासंघले सुरक्षाको प्रत्याभूति नभएसम्म निर्माणका सबै काम रोक्ने घोषणा गरेको जनाए ।

‘काठमाडौंमा दिउँसै भएको हत्याको घटनालाई सरकारले गम्भीर रुपमा लिएको पाइएन,’ देउजाले भने, ‘घटना भएको ३ घण्टा पुग्न लाग्दा पनि प्रहरी प्रशासनका तर्फबाट दोषीलाई कारवाहीको दायरामा ल्याउने गरी सशक्त एक्सन लिएको जानकारी हामीलाई आएको छैन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *