२०८१ वैशाख १५ गते | 27th of April 2024

ह्युस्टनको नेपाली समुदायद्धारा साढे तीन करोड लागतमा आफ्नै मन्दिर तथा सामुदायीक केन्द्रको स्थापना

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २८ गते १७:४०

ह्युस्टन । अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन क्षेत्रको नेपाली समुदायले आफ्नै मन्दिर सहितको एक सामुदायीक केन्द्रको स्थापना गरेको छ । सात समुन्द्रपारी भएपनि आफ्नो भाषा, धर्म र संस्कृति जोगाउने उद्धेश्यले ह्युस्टन नेपाली समाजको बिशेष नेतृत्वमा स्थापना गरिएको मन्दिर तथा सामुदायीक केन्द्र ६६ रोपनी जमिनका अवस्थित छ ।

एनआरएन अमेरिकाका समाचार संयोजक बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार ह्युस्टन समुदायका ३ सय ८ परिवारबाट मन्दिर खरिदका लागी झण्डै साढे ३ करोड नेपाली रुपैंया बराबरको धनराशी चन्दा स्वरूप संकलन गरिएको थियो । मन्दिरको उद्घाटन समारोहमा पुगेका संयोजक जोशीका अनुसार मन्दिर प्राङ्गनमा एक सानो शिब मन्दिरका साथसाथै ४ हजार स्क्वाएर फुटको सामुदायीक भबन पनि अबस्थित छ ।

उद्घाटन सत्रमा मन्दिरका भाबी योजनाका बारेमा जानकारी दिंदै नेपाली समाज ह्युस्टनका अध्यक्ष ज्योती घिमिरेले निकट भबिश्यमा नै मन्दिर परिसरमा बालबालिकाहरुका लागी खेल्ने क्षेत्र फुटबल मैदान र व्यवस्थित खुल्ला गृह बनाउने लक्ष रहेको बताए ।” हाम्रा बालबालिकाहरुले आफ्नो पहिचान प्राप्त गरुन भनेर बिगत लामो समयदेखी नेपाली समुदायले गरेको अथक प्रयास आज सफल हुनु हामी सम्पुर्ण ह्युस्टनवासी नेपालीहरुका लागी गर्वको बिषय हो “घिमिरेले भने । उद्घाटन समारोहमा अतिथी वक्ताका रुपमा बोल्दै एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले भावनाको नेपाल जिइरहेका हामी नेपालीहरुले आफ्नो संस्कृति जगेर्ना गर्न ह्युस्टन नेपाली समुदायले मन्दिरको स्थापना गरेर समग्र अमेरिकाको नेपाली समुदायलाई गुण लगाएको बताए । उक्त सामुदायीक केन्द्रका लागी आफ्नो व्यक्तिगत तर्फबाट अध्यक्ष डा. पौडेलले ५ हजार डलर दिने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी एनआरएन अमेरिकाका उपाध्यक्ष शुनिल साहले व्यक्तिगत एक हजार डलर दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

झण्डै १७ वर्ष अघि सन २००० मा औपचारीक रुपमा स्थापना भएको नेपाली समाज ह्युस्टनको लामो प्रयास पछि आफ्नै मन्दिर सहितको सामुदायीक भवन स्थापनाले संस्थाका संस्थापक, स्थानीय समाजसेवी तथा समग्र ह्युस्टनको नेपाली समुदाय अत्यन्त खुसी भएको छ । संस्थाका संस्थापक अध्यक्ष रनिन्द्र श्रेष्ठले आजको दिन आफ्ना लागी अत्यन्त हर्षको दिन भएको बताउंदै ह्युस्टन नेपाली समुदायको चाहनालाई बर्तमान नेतृत्वले जिबन्त बनाएकोमा धन्यवाद ज्ञापन गरे । स्थानीय समाजसेवी तथा बरिष्ठ पत्रकार तारा बरालले नेपाली धर्म संस्कृति र भाषाको जगेर्नाका लागी समुदायको यो प्रयास अत्यन्त प्रशंसायोग्य भएको प्रतिक्रिया दिए । आफ्नै पशुपतिनाथ मन्दिर र सामुदायीक केन्द्र हुनुको गर्बमा ह्युस्टनवासीहरु रमाइरहेको प्रतिक्रिया पत्रकार बिटु केसी ले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरिन् ।

तस्विर : बिटु केसी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *