२०८१ वैशाख ८ गते | 20th of April 2024

१०१ जना तालिवान विद्रोहीको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ८ गते १७:०४

भदौ ८ – अफगानिस्तानको १८ विभिन्न राज्यमा विगत २४ घण्टाको अन्तरालमा गरिएका सुरक्षा कारबाहीमा १०१ जनाको ज्यान गएको अफगानी सेनाले बिहीबार जनाएको छ ।

घटनामा ४१ जना घाइते भएका छन् । अफगानी राष्ट्रिय सेनाले प्रहरी र गुप्तचर सेवाका अधिकारीको सहयोगमा १७ ठाउँमा विद्रोही विरुद्धको अभियान चलाएकोमा १०१ जनाको ज्यान गएको र ४१ जना घाइते भएका अफगान रक्षा मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

ज्यान जानेमा एक जना उच्च तहका तालिवान नेता र सात जना विशेष तालिम प्राप्त तालिवानी लडाकू रहेका विज्ञप्तिमा जनाइएको छ ।

कारबाहीका क्रममा सेनाले ६३ वटा एम्बुस राख्न प्रयोग गरिने खालका ठूला विष्पोटक पदार्थ नियन्त्रणमा लिई निष्क्रिय पारेको जनाइएको छ । सेनाले कारबाहीका क्रममा १४ राउण्ड हवाई आक्रमण गरेको थियो ।

घटनाबारे विद्रोहीको तर्फबाट अझै कुनै प्रतिक्रिया आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *