२०८१ वैशाख ७ गते | 19th of April 2024

२४ घण्टा भित्रै रसुवामा मतगणनाको नतिजा आउने

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २० गते १६:१५

रसुवा,२० मंसिर । गत मंसिर १० गते रसुवामा भएको चुनावको नतिजा मतगणना भएको २४ घण्टाभित्रै सार्वजनिक गरिने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भोलि साँझ ५ बजेबाट मतगणना सुरु गरिने र २४ घण्टा भित्रै मतगणना सम्पन्न गर्ने गरी तयारी गरिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना एकै साथ सुरु गरिने तथा त्यसै अनुसार कर्मचारी परिचालन हुने कार्यालयले जनाएको छ । जिल्ला प्राविधिक कार्यालयको हलको दुईतर्फ मतगणना गर्ने व्यवस्था मिलाइएको छ । एकातर्फ प्रतिनिधिसभा र अर्कोतर्फ प्रदेशसभाको मतगणना गर्न लागिएको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *