२०८१ वैशाख ८ गते | 20th of April 2024

८ मन्त्रीले लिए सपथ, आयोगले दियो स्वीकृती

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २८ गते १४:४७

काठमाडौं, २८ असोज । आठ मन्त्रीले सपथ लिएका छन । मन्त्री थप्नु निर्वाचन आचार संहिताले नदिने भन्दै आएको निर्वाचन आयोगले कुरा फेरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीलाई सपथ गराएकी हुन । शुक्रबार मात्र मन्त्रिपरिषद विस्तार गर्नु आचार संहिता विपरित हुने बताएको निर्वाचन आयोगले शनिबार सरकार विस्तार गर्नु आचार संहिता विपरित नहुने बताएको हो ।

असोज ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले २ राज्य मन्त्री थप्दा आचार संहिता विपरितको काम भएको भन्दै मन्त्रिपरिषद बिस्तारको निर्णय सच्याउन आग्रह गरेको आयोगले शनिबार बोली फेरेर सरकार विस्तार आचार संहिता विपरित नहुने भनेको हो ।
राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा राष्ट्रपतिसँग सपथ लिएका छन । त्यस्तैगरी राप्रपाका नेताहरु दिलनाथ गिरी, विक्रम थापा र जयन्त चन्दले विना विभागीय मन्त्रीका रुपमा सपथ लिए । भास्कर भद्रा, कुन्ती शाही, सुशील श्रेष्ठ र कान्ता भट्टराईले राज्यमन्त्रीका रुपमा प्रधानमन्त्री देउवासँग सपथ गरेका हुन ।
शनिबार ८ मन्त्रीले सपथ गरेसँगै देउवा नेतृत्वको सरकार ६४ सदस्यीय भएको छ । २०५२ सालमा त्यतिबेलासम्मको ५१ सदस्यीय मन्त्रीपरिषद बनाएर बदनामी कमाएका देउवाले यो पटक नेपालको इतिहासमै ठूलो ६४ सदसस्यीय मन्त्री परिषद बनाएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *