२०८१ वैशाख ११ गते | 23rd of April 2024

एनआरएन अमेरिकाको निर्वाचन : टेक लामाद्दारा सचिव पदमा उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख १३ गते २०:२०

सदस्यता विवादले अल्झन बेहोरिरहेपनि एनआरएन, अमेरिकाको आसन्न निर्वाचनले सबैले तानेको छ, अमेरिकामा । नेपाली जनसम्पर्क समिती, अमेरिकाको भर्खरै सम्पन्न प्रथम वार्षिक साधारण सभामा उपस्थित भएका धेरै एनआरएन निर्वाचनका आगामी प्रत्यासीहरुको निर्वाचन प्रचारले सरगर्मी बढाएको छ ।

औपचारिक या अनौपचारिक रुपमा भर्जिनियामा बसेका कोठे बैठकहरुले माहौल र लिस्ट तलमाथी देखाएको भएको भनिए पनि आ-आफ्नो रफ्तारमा लागेका छन, उम्मेद्वारहरु ।

यसैबिच लस एन्जलसलाई कर्मक्षेत्र बनाएर अमेरिकामा समाजसेवामा अग्रसर रहेका टेक लामाले आगामी निर्वाचनमा आफुलाई सचिव पदको उम्मेद्वारको रुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । एकता समाजका वरिश्ठ उपाध्यक्ष, तमाङग समाजका अध्यक्ष लगायत थुप्रै सामाजिक संस्थामा संलग्न लामाले आगामी निर्वाचनमा आफुले जिते सामाजिक एकताका लागि काम गर्ने बताएका छन ।

लामाको घोषणा पत्र सहित :

आदरणिय अग्रजहरु तथा दाजु भाई तथा दिदिबहिनीहरु:
नवबर्ष २०७४ को समस्त नेपाली बर्गमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु । नयाँ बर्षमा सिर्जनशिल र नविन सोच प्रस्फुटन हुदैं उन्नती, सुख र शान्ति छाओस, यहाँंहरुको । यो नयाँ बर्षले संसार भरी छरिएका रहनु भएका गैरआवसिय नेपालीहरुमा पनि सुख र प्रगतिको कामना गर्दछु ।

यो पावन अवसरमा नबिन सोच, बिकास र प्रगतिशिल उद्देश्यका साथ म बिगत २१ बर्ष देखि एनआरएनमा सम्लग्न हुदै आएको जानकारी गराउंदछु । अत; सामुदायिक बिकास र समुन्न्तत प्रवासीको नारा लिएर म ‘टेक लामा’ एनआरअन अमेरिकाको सचिव पदको लागि उम्मेदवारी घोषणा गरेको स-बिनय जानकारी गराउंदछु । मेरो उम्मेदवारीका अपुर्ण राम्रा कार्यहरुलाई पुरा गर्ने, नेपाल र समस्त गैरआवसीय नेपालीको बिकास गर्ने उदेश्यका साथ नयाँ कार्यहरुलाई थालनी गर्ने प्रतिबद्दताको साथ आफ्नो उम्मेदवारी घोषणा गरेको छु ।

एनआरएनमा आबद्द अग्रजहरुको उदेश्यहरुको मध्यनजर गर्दै अघिल्ला कार्यकालमा अपूर्ण कार्य योजनाहरुलाई पूर्णता दिलाउने उदेश्य सहित प्रारम्भिक चरणको मेरो घोषणा पत्र :

मेरा प्रारम्भिक प्रतिबद्दता यस प्रकार रहेको जाहेर गर्न चाहन्छु :

१) अमेरिकामा रहनु भएका नेपालीहरुलाई आवश्यक अवस्थामा अमेरिकी सरकारको अनुसार कानुनी परामर्शको ब्यवस्था गर्ने-गराउने,
२) अमेरिकामा रहनु भएका नेपालीहरुको सहजताको लागि DMV सवारी लाईसेन्स परिक्षा नेपालीमा नै दिने ब्यवस्था गर्न अमेरिकी सरकार समक्ष पहल गर्ने,
३) एनआरएन परिचय पत्र बितरणलाइ कार्यन्वयन गराउने र उक्त कार्ड मार्फत बिभिन्न किसिमका सहुलियतको ब्यवस्था गर्न प्रभावकारी कार्यक्रम-योजना ल्याउने,
४) नेपालमा आर्थिक बिकास र नेपालीको सांस्कृतिक,पर्यटनको प्रवर्दनकालागि अमेरिका लगायतका देशहरुमा बिभिन्न किसिमका सांस्कृतिक र नेपाली राष्ट्रियता झल्काउने कार्यक्रम गराउने,
५) बिदेशमा रहनु भएका गैर आवसिय नेपालीहरुले आर्थिक बिकासको लागि नेपालमा जलबिद्युत लगायतका प्रतिफल दिने र रोजगारी मुलक कार्यमा लगानीको पहल गर्ने,
६) अमेरिकामा नेपाली भाषा-सांस्कृतिक प्रवर्धनका निम्ति अमेरिकाको नेपाली बसोवास गर्नु हुने सवै राज्यहरुमा नेपाली भाषालाई बिभिन्न तहमा मान्यता दिलाउन आवश्यक कार्य योजना अगाडि बढाउने,
७) एनआरन अमेरिकाको बिभिन्न राज्यमा रहेको च्यापटरहरुलाई थप प्रभावकारी बनाउन र उहाँहरुको आवाजलाई थप बुलन्द बनाउने आवश्यक कार्य योजनाहरुको ब्यवस्था गर्ने,
८) नेपालमा अनाथ आश्रम निर्माण, बिद्धालय निर्माण, शिक्षामुलक रोजगारी र मुलक लगायतका सामाजिक कार्यहरु गर्न एनआरएनएको पहलमा नेपाल सरकारसँग समेत समंवय गरि एकाकृत कार्ययोजना बनाउने, यस्ता कार्यक्रम मार्फत एनआरएनएको छबि उच्च बनाउने,
९) अमेरिकामा रहनु भएका नेपालीहरुको मन्दिर, गुम्बा निर्माण र सास्कृतिक केन्द्र निर्माणकोलागि आवश्यक कार्यक्रमहरु थाल्ने,
१०) नेपाल सरकारसँग अमेरिका र विश्व भरी रहनु भएका गैर आवसिय नेपालीहरुको हक-अधिकारको लागि सरकार समक्ष बिभिन्न प्रस्तावहरु प्रस्तुत गर्ने र त्यसलाई कार्यवंयन गर्न लाग्ने।

यिनिहरु लगायतका नेपाल र गैर-आवसिय नेपालीहरुको हितका बिभिन्न कार्यहरुको थालनी गर्न र ति कार्यक्रम कार्यन्वयन गराउने लागि पर्ने प्रतिबध्दता ब्यक्त गर्दछु । संसार भरि छरिएका रहेका नेपालीहरुलाई ब ब्हत रुपमा एकीकृत गर्न सफल गैरराजनैतिक, सबैको साझा संस्था एनआरएनएको सचिव पदको उम्मेदवारी दिन लाग्दा निकै गर्ववान्वित महुसुस गरेको छु । कुनै निश्चित राजनैतिक आस्थाबाट प्ररित नरहेको यस सस्थालाई थप प्रभावकारी र नयां उचाईमा पुय्याउन तन, मन, वचन र बिदेशमा आर्जित कला-सित-कुशलतालाई समेत प्रयोग गरि लाग्नु आजको आवश्तक्ता हो। यि सबै कार्यहरुमा एकबद्ध भएर लाग्न र हाम्रो समस्त टिमलाई यहि दिशामा सामुहिक प्रयास गर्न उदेश्यले आफ्नो उम्मेदवारी प्रस्तुत गरेको निबेदन गर्न चाहान्छु ।

मेरो बारेमा :
सन १९९६ देखी जापान, युके लगायतका बिभिन्न देशमा आयात निर्यात ब्यवसाय गर्दै सुरु गरेको ब्यसायलाई हाल बिभिन्न युरोपियन मुलकहरु र चिन, मलेसिया, थाईल्यान्ड, सिङ्गापुर लगायतका बिभिन्न एसियाली मुलुकहरुमा समेत बिस्तार भई सकेको जानकारी गराउन पाउदाँ खुसी लागेको छ। यसै कारणले पनि संसार भरिका बिभिन्न देशको अनुभव सङगाल्दै र बिश्वका बिभिन्न देशमा रहेका एनआरएनका ति देशहरुमा अवस्थित संस्था र प्रतिनिधिहरु सँग कार्य गरेको अनुभब रहेकोले पनि एनआरएनएमा मेरो प्रतिनिधित्व भएमा ति कार्यहरुको आधारमा कार्यहरु गर्न-गराउने थप सहज हुने विश्वास लिएको छु । बिगत लामो समय देखी क्यालिफोनिया राज्यमा रहि एनआरएन लगायत बिभिन्न संघ-सस्थाको जिम्मेवार पदहरुमा रहि अमेरिकामा रहेको नेपालीहरुको बिकास,आपसी सदभाव, सांस्कृतिक प्रवर्धनको निम्ति काम गर्न पाउदाँ निकै हर्षित रहेको छु ।

हाल अमेरिका एकता समाजको बरिष्ठ उपाध्यक्ष र तामाङ सोसाईटी लस एन्जलसको चाप्टर अध्यक्ष रुपमा कार्यरत छु । नेपाल लगायत बिभिन्न ठाँउमा सामुहिक हित र आवश्यकता पर्दा चन्दा संकलन, कार्यक्रम बनाउने लगायतका बिभिन्न सामाजिक कार्यमा सदैब लागि रहेको निबेदन गर्दै भविश्यमा पनि लागि रहने र मैले हाल रहेको संस्था र ब्यक्तिगत रुपमा गर्दै आएका कार्यक्रमहरु एनआरएनएको सचिवको रुपमा गर्न अवसर प्राप्त भए यो भन्दा बृहत्, प्रभावकारी र उपल्लो तहमा गरि नेपाल, गैर नेपाली संस्था, गैर नेपाली सदस्य र समस्त नेपालीहरुको बिकासमा लाग्न सकिने कुरामा बिश्वस्त र कटिबध्द रहेको छु । यसै कारणले हजुरहरुले बिकास, परिवर्तन र सहि प्रतिनिधित्वको लागि मलाई साथ दिनु हुनेछ भन्ने कुरामा बिश्वस्त रहेको छु, निबेदन गर्न चाहान्छु ।

टेक लामा
सचिव पदको उम्मेद्वार
एनआरएन अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *