२०८१ वैशाख ६ गते | 18th of April 2024

आयोगका सिफारिस कार्यान्वयनमा जोड

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ५ गते १२:५५

काठमाडौँ, ५ साउन । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघनमा संलग्नलाई नेपाल सरकारद्वारा पदोन्नति र विभूषित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज नेपाल प्रहरी प्रमुख तथा गृह मन्त्रालयका सहसचिवसँग छलफल गरी मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने कार्यमा संलग्नलाई नै सरकारले पदोन्नति र विभिन्न विभूषण प्रदान गरिएकोेप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

विभिन्न मितिमा गरिएका सिफारिसको सम्बन्धित निकायबाट कार्यान्वयन न्यून रहेकोप्रति पनि आयोग गम्भीर रहेको जनाएको छ ।

सो अवसरमा आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगद्वारा छानबिन गरी हत्या, बेपत्ता, यातनाजस्ता गम्भीर खालका मानवअधिकार हनन र मानवीय कानुनको उल्लंघनजस्ता अपराधमा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेका व्यक्तिलाई नै पदोन्नति तथा विभूषित गरिनु दुःखद भएको बताउनुभयो ।

आयोगका सिफारिसलाई गम्भीररुपमा लिन आग्रह गर्र्दैै उहाँले सुन्तली तामाङमाथि बलात्कार गरी हत्या भएको घटनालाई हत्यामा मात्र मुद्दा चलाइएको र न्यायमा ढिलाइ भएको सम्बन्धमा विशेष ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *