२०८१ वैशाख १३ गते | 25th of April 2024

ओखलढुंगाको क मा एमालेका अम्बिरबाबु गुरुङ विजयी, संघमा यज्ञराजको अग्रता कायम

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २२ गते १६:०७

ओखलढुंगा २२ मंसिर । ओखलढुंगाको प्रदेश क को अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजा अनुसार बामगठबन्धनको तर्फबाट एमालेका उम्मेदवार अम्बिरबाबु गुरुङ विजयी भएका छन । गुरुङले १८ हजार ८ सय एक मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत ल्याए । दाहालका भन्दा गुरुङ ६ हजार ८ सय ९५ बढी मत ल्याएर विजयी भएका हुन । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।
त्यसैगरी प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार रामहरी खतिवडालाई उछिन्दै एमालेका उम्मेदवार यज्ञराज सुनुवारले अग्रता कायम राखेका छन । सुनुवारले २० हजार ५ सय ६५ मत प्राप्त गर्दा रामहरी खतिवडाले १८ हजार ६ सय १३ मत प्राप्त गरेका छन । यज्ञराज सुनुवारले खतिवडालाई १९ सय ५२ मतले पछाडी पार्दै अग्रता कायम गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *