1

हवाई दुर्घटनामा मृत्यु भए परिवारले डेढ करोड पाउने

110 पटक पढिएको

काठमाडौं –  अब अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्ने नेपाली हवाई यात्रुहरुको मृत्यु भए बिमा बापत १ लाख ५८ हजार ३ सय ४० अमेरिकी डलर अर्थात करिब १ करोड ६० लाख रुपैयाँ भन्दा बढी पाउने भएका छन् । अन्तराष्ट्रिया हवाइ यात्रु सम्बन्धी महासन्धी नेपालको संसदले पास गर्नलागेकाले बढ्ने भएको हो ।

अब हवाइ यात्रुको न्यूनतम बिमा रकम वृद्धि हुने भएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ) को मन्ट्रियल महासन्धी १९९९ लाई अनुमोदन गरेपछि नेपालीहरुको हवाई बिमाको न्यूनतम रकम बढ्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट पारित भएर प्रतिनिधि सभामा अनुमोदनका लागि दर्ता भएको उक्त महासन्धिअनुसार नेपाली यात्रुको विमा रकम बढ्ने छ ।

संसदले अनुमोदन गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओमा औपचारिक रुपमा दर्ता गराएपछि नेपाली एयरलाइन्स, नेपालमा उडान गर्ने एयरलाइन्स सबैले नेपाली यात्रुको विमा रकम बढाउनुपर्ने हुन्छ ।

उक्त महासन्धिले न्यूनतम अनिवार्य बिमा दायित्वको रकम सीमा तोको छ । जसअनुसार दुर्घटनाबाट यात्रुको मृत्यु, चोटपटक लागेमा १ लाख १३ हजार १ सय एसडिआर- अन्तर्राष्ट्रिय मुद्रा कोषको मौद्रिक इकाइ) रहेको छ । यो भनेको १ लाख ५८ हजार ३ सय ४० अमेरिकी डलर बराबरको रकम हो ।

नेपाल अहिलेसम्म वार्सा महासन्धी र हेग प्रोटोकल अन्तर्गत रहेको र यसमा बिमा दायित्व २० हजार अमेरिकी डलर मात्र रहेको छ । संसदमा दर्ता भएको उक्त महासन्धिले उडान विलम्बको क्षतिपुर्ति, ब्यागेजको नोक्सानी तथा कार्गो नोक्सानीको क्षतिपूर्ति पनि तोकेको छ। जसमा व्यागेजको नोक्सानी भएमा १ हजार १ सय ३१ एसडिआर अर्थात् १५ सय ८३ अमेरिकी डलर क्षतिपुर्ति यात्रुले पाउने छन् ।

त्यस्तै एयरलाइन्सको कारणले यात्रा ढिला भएमा एउटा यात्रु बराबर ४ हजार ६ सय ९४ एससडिआर (६ हजार ५ सय ७१ डलर) क्षतिपुर्ति एयरलाइन्सले तिर्नुपर्ने छ । दक्षिण एसियाली मुलुकमा भारत, पाकिस्तान, माल्दिभ्स पक्ष राष्ट्र भइसकेका छन् भने चीनले पनि यसलाई अनुमोदन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

प्रत्येक वर्ष फायरपावरले विश्वका शक्तिशाली सैन्यबलको सूची जारी गर्छ । सन् २०१८ को पनि यस्तो.. ...

डालास - नेपालको चितवनमा भब्य पुस्तकालय निर्माण गर्ने उद्धेश्य लिएर काम गरिरहेको नेपाल.. ...

काठमान्डौं - नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समितिको निर्वाचनमा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...