२०८१ वैशाख ८ गते | 20th of April 2024

कसले जित्ला मिस नेपाल युएसएको ताज !

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २४ गते १४:२३

 टेक्सास – मिस नेपाल युएसए–२०१८ को उपाधि यात्राका लागि १८ जना अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । इभेन्ट प्लानेट इङ्कले इ–प्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि आयोजना गर्दै आएको मिस नेपाल युएसएको छैटौं संस्करणको यो उपाधिका लागि अमेरिकाका विभिन्न राज्यका १८ युवती अन्तिम प्रतिस्पर्धाका लागि छानिएका हुन् । अन्तिम प्रतिस्पर्धामा छानिएकाहरु टेक्ससको डलास प्लानोमा अगष्ट १९ मा हुने फाइनल राउण्डका लागि ¥याम्पमा उत्रिने र त्यसका लागि छानिएकाहरुको यसै साताबाट प्रशिक्षण सुरु हुने स्थानीय रुपमा व्यवस्थापन गरिरहेको नेपाल ११ इन्टरटेइमेन्टले जनाएको छ । २१ जना अन्तिम राउण्डका लागि छानिएका भए पनि ३ जनाले व्यक्तिगत कारण देखाएर सहभागिता नजनाउने उल्लेख गरेका कारण १८ जनाबीचमा प्रतिस्पर्धामा हुन लागेको हो । प्रतिस्पर्धामा छानिएकाहरुमा अदिती श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने,  कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई रहेका छन् ।  नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट एच डेलिसीले नेतृत्व गरेको नेपालमा काम गरिरहेको गैरसरकारी संस्था सोर्वे फाउण्डेशनको समेत सहकार्य रहेको यस प्रतियोगिताका लागि छानिएका प्रतिस्पर्धीहरुलाई पूर्वमिस नेपाल मेलिना जोशीले प्रशिक्षण दिनेछिन् । पछिल्ला पाँचौं संस्करणहरुमा पहिलोमा डिसीकी सुजिता बस्नेत, दोस्रोमा भर्जिनियाकी आस्था श्रेष्ठ, तेस्रोमा न्यूयोर्ककी बर्तिका राई, चौथोमा ओहायोकी खुश्बु मिश्र र पाँचौंमा नर्थ क्यारोलिनाकी प्रियंका थपलियाले ताज जितेका थिए । छैटौं संस्करणको अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतिस्पर्धीहरु यस प्रकार रहेका छन् ।

अदिती श्रेष्ठ :

अदिती नेपाल काठमाडौं घर भई हाल ओक्लोहामा राज्यमा बस्दै आएकी छन् । साउथ वेष्टर्न ओक्लोहामा युनिभर्सिटीमा कम्युटर विज्ञानमा स्नातक गरिरहेकी अदितीले आफू भविष्यमा प्रोग्रामर बन्न चाहेको बताएकी छन् । ग्रामीण भेगमा रहेका बालबालिकाको सेवामा लाग्ने सोंच राखेकी उनी यस्ता प्रतियोगिताले एउटा अवसर सिर्जना गर्ने बताउँछिन् ।

आयशा ओझा :

अमेरिकाको टेक्सस राज्यको डलास वरपरको नेपाली समुदायमा परिचित छिन् आयशा । यहाँ समुदायले गर्ने कार्यक्रममा सक्रिय सहभागिता जनाउने मात्र नभई विभिन्न संघसंस्थामा उनी आबद्ध छिन् । नेतृत्वदायी रुपमा समेत सामाजिक कामहरुमा उनी सक्रिय देखिन्छिन् । टेक्सस, डलासकी ओझाले सोसल वर्कमा स्नातकोत्तर गरिरहेकी छन् । युवा उमेरमै सामाजिक सेवामा लागेकी उनी समाजमा अझ धेरै सेवाको काम गर्न सकौं भन्ने चाहना राख्छिन् ।

एन्जिला पौडेल :

१९ वर्षीया एन्जिला युरो साइन्सकी विद्यार्थी हुन् । डरमाटोलोजी विषयमा थप उच्च शिक्षा लिने योजना बुनेकी उनी नेपालमा स्वास्थ्यको क्षेत्रमा काम गर्न चाहन्छिन् । नेपालको भाषा र संस्कृति नै परिचयको आधार भएको बताउने उनी यसबारे अमेरिकामा हुर्किरहेको पुस्तालाई बुझाउनु जरुरी ठान्छिन् ।

वर्षा बराल :

वर्षा मोडलिङको दुनियाँमा नेपालमा परिचित धरान शहरकी हुन् । २ वर्ष अघिदेखि टेक्ससको डलासमा बस्दै आएकी उनी अमेरिकामा रहेका विद्यार्थी पुस्ताका लागि करियर काउन्सिलको काम गर्न चाहन्छिन् । नेपालमा समेत सामुदायिक सेवामा लाग्ने अठोट गरेकी उनी मिस नेपाल युएसएमा सहभागितालाई एउटा आधारको रुपमा लिन्छिन् ।

वियन्का अधिकारी :

युनिभर्सिटी अफ स्टेफन अस्टिनबाट मार्केटिङ विषयमा स्नातकोत्तर गरेकी अधिकारी टेक्सस फोटवर्थमा बस्दै आएकी छन् । अमेरिकामा रहेको नेपाली समुदाय र नेपालमा रहेका नेपालीको सेवामा लाग्ने सोंच राखेकी बताउने २२ वर्षीया उनी नेपाली महिलाको क्षेत्रमा काम गर्न अझ सक्रिय रहने बताउँछिन् ।

विना श्रेष्ठ :

काठमाडौं घर भई हाल टेक्ससको अर्विङमा बस्दै आएकी छन् विना । सफ्टवेयर इन्जिनियरिङ उनी आफ्नो सपनालाई साकार पार्ने क्रममा यस यात्रामा अघि बढेको बताउँछिन् ।

दिलाशा न्यौपाने :

समुदायको विकासमा लाग्ने सोंच राखेकी दिलाशा आफूलाई नेपाली महिला भनेर चिनाउँदा गर्व अनुभूति हुन सक्ने गरी अघि बढ्न चाहन्छिन् । मिस नेपाल युएसए अमेरिकामा रहेका नेपाली महिलाको निम्ति आफ्नो क्षमता देखाउने महत्वपूर्ण अवसर भएकाले आफू यसमा सहभागी भएको बताउँछिन् ।

लाक्पा याङ्चेन शेर्पा :

नेपाल सोलुखुम्बुकी लाक्पा अमेरिकाको टेक्सस डेन्टनमा बस्दै आएकी छन् । ३ वर्षदेखि यहाँ रहेकी उनी युनिभर्सिटी अफ नर्थ टेक्ससमा साइकोलोजी विषय अध्ययन गरिरहेकी छन् । भविष्यमा साइकोलोजी विषयमार्फत नेपाली समुदायमा काम गर्ने उनको सोंच रहेको छ ।

सपना महर्जन :

काठमाडौं नेपालकी महर्जन लुइसभिल टेक्ससमा बस्दै आएकी छन् । ३ वर्षदेखि अमेरिकामा बस्दै आएकी उनी बिजनेश एनलाइटिक्स एण्ड माइनर इन सोसल वर्कमा स्नातकोत्तर गरेरहेकी छन् । २४ वर्षीया महर्जनले नेपालका रहेका बालबालिकाको शिक्षाका लागि काम गर्ने सोंच राखेकी छन् ।

सपना गौतम :

टेक्सस डलासमा बस्दै आएकी सपना सामुदायिक सेवामा सक्रिय रहन रुचाउँछिन् । मिस नेपाल युएसएमा आफ्नो सहभागितालाई अवसर निर्माणको आधारका रुपमा बुझेको बताउने उनले हेल्थ केयरमा उच्च शिक्षा लिइरहेकी छन् ।

नेलिया गुरुङ :

नेलियाले लामार युनिभर्सिटीबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर गरेकी छन् । आफू अध्ययनरत रहेको युनिभर्सिटीमा नेपाली विद्यार्थीको संस्थाको उपाध्यक्ष भएर काम गरेकी बताउने उनले अमेरिकामा नेपाली विद्यार्थीले भोग्नुपर्ने समस्या र करियर काउन्सेलिङको क्षेत्रमा युवालाई केन्द्रित गरी काम गर्ने सोंच आफ्नो रहेको बताउँछिन् ।

पोशा थापा :

नेपाल स्याङ्जा घर भएकी उनी ४ वर्षको उमेरमै युएसए आएकी थिइन् । टेक्सस टेक युनिभर्सिटीबाट नर्सिङ विज्ञानमा स्नातकोत्तर गरिरहेकी पोशा विद्यावारिधी सक्ने बताउँछिन् । युवा पुस्ताका लागि सक्रिय रहने सोच राखेकी थापा करियर बिल्डिङमा समेत यस्ता कार्यक्रमले सहयोग पु¥याउने जनाउँछिन् ।

शुसना पोखरेल :

शुसना अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् । भविष्यमा चिकित्सक बन्ने सपना बुनेकी उनी त्यसका लागि बायोलोजीमा विषय अध्ययनमा लागेकी छन् । युवाको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रम सहयोगी बन्ने बताउने उनी आफ्ना लागि समेत अवसर भएको बताउँछिन् ।

कृति ढुंगेल :

कृति अमेरिकाको कोलोराडो राज्यमा बस्छिन् । एनले न्युटे«शन एण्ड माइनर इन बायोलोजी एण्ड केमेष्ट्रीमा टेक्सस टेक युनिभर्सिटी टेक्ससबाट ब्याचलर गरेकी छन् । भविष्यमा न्युट्रेशन र डाइटिनमा रहेर ननपरफिट अर्गनाइजेशनमार्फत काम गर्ने सोच राखेकी उनले पब्लिक हेल्थमा क्यारियर खोज्ने सोंचेकी छन् । मिस नेपाल युएसएजस्ता कार्यक्रम प्रतिभा देखाउने प्लाटफार्म हुने उनलाई लागेको छ ।

सुकृती ढुंगेल :

अमेरेकामै जन्मिएर हुर्किएको नेपाली युवापुस्ताको एउटा प्रतिनिधि पात्र हुन् स्वीकृती । १९ वर्षिया सुकृती नर्थ क्यारोलिनामा बस्छिन् । उनले युनिभर्सिटी अफ नर्थ क्यारोलिनावाट प्रि ल गरिरहेकी छन् । उनी नेपाली समुदाय र अझ युवापुस्तालाई विभिन्न रुपमा स्वयंसेवी रुपमा सेवा गरिरहेकी बताउँछिन् । नेपाली समुदायसँग जोडिन मिस नेपाल युएसएको सहभागिताले पुलको काम गरेको बताउँछिन् ।

श्रेया नेपाली :

श्रेयाले युनिभर्सिटी अफ आर्लिङ्टन टेक्ससमा कम्प्युटर इनफरमेशन विषयमा स्नातक गरिरहेकी छन् । टेक्सस डलासमा बस्दै आएकी नेपाली मिस नेपाल युएसएमा आफ्नो सहभागितालाई सिक्ने अवसरको रुपमा लिन्छिन् । नेपालमा धेरै बालबालिकाले पढ्न पाइरहेका छैनन् उनीहरुका लागि केही गर्न सके त्यो आफ्ना लागि ठूलो विषय हुने उनी बताउँछिन् ।

सुजना रुपाखेती :

रुपाखेतीले ओक्लोहमाको क्यारोन युनिभर्सिटीबाट बायोलोजी एण्ड माइनर इन केमेष्ट्री र गणितमा स्नातक सकेकी छन् । नेपाल मकवापुर घर भएकी उनी २०१४ देखि युएसएमा छिन् । उनले मेडिसिन क्षेत्रलाई नै आफ्नो भविष्य बनाउने सोंच राखेकी छन् । मिस नेपाल युएसएमा आफ्नो सहभागिता एउटा अवसर भएको बताउने उनी आफूले पछि समुदायमै काम गर्ने बताउँछिन् ।

स्वीकृति भट्टराई :

तालको शहर पोखराकी हुन् भट्टराई । भविष्यमा फिजिसियल बन्ने लक्ष्य बोकेकी १९ वर्षीया यिनले आफू विगतमा नेपाल रेडक्रस सोसाइटीमार्फत सामाजिक सेवामा सक्रिय भएको बताउँछिन् । महिला सशक्तीकरण क्षेत्रमा काम गर्ने सोंचेकी स्वीकृति मिस नेपाल युएसए आफूलाई चिनाउन पाउने आधार भएको बताउँछिन् ।

स्रोत : विश्वसन्देश

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *