1

मोनिका घले, मिस नेपाल नर्थ अमेरिका २०१८ की विजेता

76 पटक पढिएको

बिजय थापा /न्युयोर्क – न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को विजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरूको छनौट गरिएको थियो । 

प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम विजेता सुजाता लामा तथा द्वितीय विजेता श्रीजना राई घोषित भएका छन् ।

अगस्त ६ तारिख देखि तालिम सुरु भई अगस्त ११ तारिख शनिवार अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यु योर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ तारिखमा सफलतापूर्वक सम्पन्न भएको छ ।

अन्तिम १७ जना प्रतियोगीहरूमा छनौट हुने प्रतियोगीहरू अमेरिकाका विभिन्न राज्यहरू, मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको थियो ।पहिलो चरणमा १७ जना प्रतियोगीहरू सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए । 

दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकी थिइन । यसै गरी सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यु योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।

कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई ,हेमन्त राना ,बिक्की गुरुङ ,धर्मबिर लामा तथा झङ्कार डान्स केन्द्र न्यु योर्कको अद्वितीय प्रस्तुति रहेको थियो । निर्णायकहरूमा क्रमशः राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स ,स्लेतभाना क्रामर,जोली अमात्य र फ़ातिमा रूमा रहेका थिए ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ | यसको साथै मिस ट्यालेन्टमा पूजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी, मिस पपुलर (जनताको मतद्वारा) मा श्वेता खड्का, मिस फोटोजेनिकमा करुणा अधिकारी, मिस स्किनमा आकृति शाह, मिस स्माईलमा सिर्जना राई, मिस वेस्ट ड्रेसमा संयुक्त पुरी, मिस पर्सोनालिटीमा सनम थापा, मिस डिसीप्लेनमा श्रद्धा केसी, मिस क्याटवाकमा मोनिका घले, मिस फ्रेन्डसिपमा सुजाता लामा, मिस मेयरमा ज्योति गुरुग, मिस राईजिग स्टारमा स्मृति लामिछानेलाई प्रदान गरिएको छ ।

निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह -संस्थापक सभापति हुन ।

तस्बिर : विक्रान्तमान श्रेष्ठ

तपाईको प्रतिक्रिया

काठमान्डौं - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र.. ...

अमेरिका - नेपाली कांग्रेसका नेता डा. रामशरण महत स-पत्नी अमेरिका भ्रमणमा आईपुगेका छन । उनको.. ...

सुरेश चाम्लिङ्ग/बोस्टन - अल्ट्रा धावक मिरा राईलाई अमेरिकाको बिभिन्न राज्यहरुमा सम्मान.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...