२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपाली सामुदायिक केन्द्र बनाउने होडवाजी, लाईनमा अब अष्टिन नेपाली समाज

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २८ गते १०:२१

अष्टिन – अमेरिका टेक्सासको अष्टिनमा नेपाली सामुदायीक केन्द्र स्थापनाका लागी आइतवार छलफल गरिएको छ ।

लामो समयदेखी अष्टिनमा नेपाली सामुदायीक केन्द्र बनाउने बिषयमा छलफल भइरहेपनि यस बिषयमा ठोस काम हुन नसकिरहेको बेला आइतवारको छलफलबाट सामुदायीक केन्द्रका लागी चाहिने रकम संकलन समेत शुरु गरिएको छ । पहिलो चरनमा सामुदायीक केन्द्र स्थापनाका लागी आवश्यक अनुमान गरिएको करिब ४ लाख डलर रकम संकलन आजैबाट शुरु गरिएको छ ।

सामुदायीक केन्द्र स्थापनाका लागी ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) को पहलमा ग्यान्सका पुर्ब अध्यक्ष गेहेन्द्र केसीको संयोजकत्वमा एक समिती बनाइएको थियो । समितीले आइतवार अष्टिनवासी नेपालीहरुसंग छलफल गरेर सामुदायीक केन्द्रका लागी सहयोग संकलन शुरु गरेको हो ।

आइतवार सम्पन्न छलफलमा उपस्थित अष्टिनवासी अग्रज नेपालीहरुले सामुदायीक केन्द्र स्थापनाका लागी सबैले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरेका थिए । आजैबाट सहयोग रकम संकलन गर्न शुरु गरिएकोमा पहिलो दिन छलफल गरिएको स्थान फुल्गरभिल लाइब्रेरीमा १२ हजार १ सय २५ डलर रकम संकलन भएको समितीका संयोजक गेहेन्द्र केसी ले जानकारी दिनुभयो ।

सबै अष्टिनवासी नेपालीहरुलार्य सामुदायीक केन्द्रप्रति अपनत्व हुने किसिमले २ सय ५० डलर प्रतिपरिवार सहयोग रकम संकलन गर्ने लक्ष्य लिइएको भएपनि सहयोग गरेको सबै रकम स्विकार गरिने छ भने १ हजार डलर भन्दा माथीको रकम सहयोग गर्नेहरुको नाम सामुदायीक केन्द्रको शिलालेखमा उल्लेख गरिने संयोजक केसीको भनाई छ ।

चार पांच महिना भित्रमा केन्द्रका लागी आवश्यक अनुमान गरिएको रकम संकलन गरिने लक्ष्य सहित काम शुरु गरिएको र हरेक हप्ता हप्ताभरी संकलन भएको रकम र सो रकम सहयोग गर्ने व्यक्तिको नामावली सार्बजनिक गरिने पनि बताइएको छ । सहयोग संकलन गर्न समितीले बैंक खाता संचालनमा ल्याएको छ भने ग्यान्सको वेबसाइटबाट पनि सहयोग गर्न सकिने व्यबस्था गरेको छ ।

यो संगै अष्टिन र आसपास नेपालीहरुको बाक्लो बसोवास रहेको क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्ने व्यक्तिहरुलाई हाते रसिद बितरण गरेर समेत रकम संकलनलाई तिब्र पारिने योजना बनाइएको छ ।

यसपटक सक्दो चांडो अष्टिनमा नेपाली सामुदायीक केन्द्रको सपनालाई मुर्त रुप दिन लागिपरेका छौं समिती संयोजक गेहेन्द्र केसीले भन्नुभयो ‘यस्तो अवस्थामा सबैको साथको जरुरी छ ।’ नेपालीहरुको बाक्लो उपस्थिती रहेका अमेरिकाका अधिकांस शहरमा आफ्नै नेपाली सामुदायीक केन्द्र स्थापना भइसकेका बेला अष्टिनमा पनि यसको लागी पहल थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *