२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपाल अमेरिका एकता समाजले सेप्टेम्बर १ मा तिज मनाउदै

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २९ गते १०:३५

लस एन्जलस – नेपाल अमेरिका एकता समाजले परम्परागत रुपमा मनाउदै आईरहेको नेपाली महिला दिदिबहिनिहरुको महान चाड हरितालिका तीज पर्व यो वर्ष पनि भब्य रुपमा आयोजना गर्न गइरहेको छ ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि भब्य रुपमा तिज कार्यक्रम सम्पन्न गर्न सबै समुदाय सदस्यहरु, स्थानिय संघ संस्थाका प्रमुख तथा पदाधिकारी, संचारकर्मी लगायत यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई आ-आफ्नो स्थानबाट प्रचार-प्रसारमा सहयोग गरिदिनु हुन नेपाल अमेरिका एकता समाजको अध्यक्ष चन्द्र शिवाकोटीले अपिल गर्नुभएको छ ।

आगामी सेप्टेम्बर १ तारिख शनिबारको दिन लस एन्जलसको आर्टेसिया नगरस्थित तारा हिमालयन कुजिनमा हुने कार्यरकमा चेलीबेटीहरुलाई तीजको दर खान र छम छम नाचेर तीज मनाउन हार्दिक अध्यक्ष सिवाकोटीले आमन्त्रण गरेका छन ।

गत बर्ष करिब ७०० सहभागी रहेक्को जस्तै गरी खुशीयालीका साथ हिन्दूहरु महिलाहरुको पर्वमा यसपटक पनि बिशेष सांगीतिक प्रस्तुति रहने जनाईएको छ । सांगितिक कार्यक्रममा सहभागी हुन चाहनुहुने चेलीबेटीहरुले यहि अगस्ट २० तारिखसम्म संस्थाका कार्यवाहक महासचिव सुर्य प्रसाईलाई फोन नम्बर ५६२ – ६५२ ८८३४ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *