२०८१ वैशाख ७ गते | 19th of April 2024

बिमस्टेक सम्मेलनको तयारीमा काठमाडौं

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ३१ गते १०:१५

काठमाडौं – सरकारले आसन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) चौंथो शिखर सम्मेलनको तयारीको कामलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको मूल तयारी समितिको बैठकले विमस्टेक शिखर सम्मेलनको नारा, घोषणा पत्र तयारीलगायतको कामलाई अन्तिम रुप दिएको हो ।

सदस्य राष्ट्रहरुबीच लगानी र व्यापार प्रवद्र्धन हुने गरी संगठनलाई प्रभावकारी बनाउने गरी सम्मेलनको तयारीको कामलाई अन्तिम रुप दिइएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवम् विमस्टेक शिखर सम्मेलन मूल तयारी समितिका अध्यक्ष ओलीले सम्मेलनलाई ध्यानमा राखेर काठमाडौंको सडकको मर्मत/सम्हारको कामलाई तीव्रता दिन पनि मातहतका निकायलाई सचेत गराएका थिए । सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुखहरु आउने भएकाले सडकको उचित व्यवस्थापन गर्न ढिलाई नगर्न प्रधानमन्त्री ओलीले मातहतका निकायलाई निर्देशन पनि दिनु भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

आसन्न भदौ १४ र १५ गते काठमाडौंमा विमस्टेकको चौंथो शिखर सम्मेलन हुँदैछ । सरकारले सोही सम्मेलनको तयारीको कामलाई तीव्रता दिन मूल तयारी समिति र त्यस अन्तरगतका विभिन्न उपसमितिहरु बनाएको छ । सम्मेलनलाई प्रभावकारी बनाउन नेपालको महत्वपूर्ण योगदान दिने गरी तयारीको कामलाई अघि बढाइएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *