२०८१ वैशाख १४ गते | 26th of April 2024

कांग्रेसमा किचलो, पौडेल–सिटौला समूहद्वारा विधान बैठक बहिष्कार

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १० गते ११:३२

काठमाडौं –  नेपाली कांग्रेसमा विधान मस्यौदा समिति गठनको विषयलाई लिए अर्को किचलो सुरु भएको छ । सुरुमा नौ सदस्यी समिति गठन गर्ने सहमति भए पनि सभापति शेरबहादुर देउवाले ११ सदस्यीय समिति गठन गरेको भन्दै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले विवाद निकालेको हो । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको विधान मस्यौदा समितिको बैठक पौडेल र सिटौला समूहका नेताहरुले बहिष्कार गरेका छन् । मस्यौदा समितिमा असन्तुष्टि जनाउँदै सो समूहका नेताहरुले बैठक बहिष्कार गरेका हुन् । बैठकमा पौडेल समूहका नवीन्द्रराज जोशी, दिलेन्द्रप्रसाद बडु र सिटौला पक्षका प्रदीप पौडेल उपस्थित थिएनन् । पौडेल पक्षका डा.मिनेन्द्र रिजाल भने बैठकमा उपस्थित थिए । पछिल्लो समय उनी सभापति देउवासँग नजिकिएका छन् ।

बैठकले देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । बैठकले समितिको सदस्य सचिवको जिम्मेवारी पार्टी केन्द्रीय कार्यालय सचिव केशव रिजाललाई दिएको छ । पार्टीको महासमिति बैठकमा पेस गर्ने गरी कांग्रेसले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय मस्यौदा समिति गठन भएको हो । समितिमा डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *