२०८१ वैशाख ११ गते | 23rd of April 2024

अमेरिकामा नेपालीको सामुदायिक बैंक उद्घाटन

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १० गते १९:१५

न्यूयोर्क –  नेपालीको लगानीमा अमेरिकामा सामुदायीक बैंक स्थापना गरिएको छ । नेपालीहरुले स्थापना गरेको एभरेष्ट फेडरल क्रेडिट युनियन बैंकको शनिबार न्यूयोर्कमा एक कार्यक्रमका बीच अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले उद्घाटन गरेका हुन् । एभरेष्टले अमेरिकी केन्द्रिय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसियुए) बाट सञ्चालन अनुमति पाएको छ ।

कार्यक्रममा राजदूत कार्कीले नेपालीले सामुदायीक बैंक स्थापना गरि अमेरिकामा फरक पहिचान बनाउन सफल भएकोमा प्रशंसा सहित संस्थालाई शुभकामना दिए । संस्थाको सञ्चालक समिति अध्यक्ष डिल्ली भट्टले अब छिटै निक्षेप संकलन, कर्जा प्रवाह, क्रेडिट कार्ड जारी लगायतका वित्तिय कारोबार सुरु गर्ने जानकारी दिए । कार्यक्रममा अध्यक्ष भट्ट सहित संस्थाका सात जना सञ्चालक एवं बिभिन्न विषय गत समितिका पदाधिकारीले प्रस्तुती दिएका थिए । क्विन्स क्षेत्रका बिभिन्न राजनीतिक नेताले पनि कार्यक्रममा उपस्थित भएर संस्थालाई शुभकामना दिएका थिए । कार्यक्रममा भाग लिन अमेरिकाको बिभिन्न शहरबाट संस्थाका प्रवर्धकहरु पनि न्यूयोर्क आएका थिए । Image may contain: 3 people, people smiling, people standing

संस्थाका प्रवर्धकहरु ले तीन बर्ष अघि क्रेडिट युनियन संञ्चालनमा ल्याउन एनसियुए समक्ष आवेदन दिएका थिए । जटिल कानुनी प्रकृया, सर्भे, व्यवसायीक एवं बजारीकरण योजना लगायतका प्रावधानहरु पुरा गरि पछि एनसियुएले सञ्चालन अनुमति दिएको हो ।  अमेरिकामा बिभिन्न देशबाट आएका आप्रबासीहरुले क्रेडिट युनियन सञ्चालन गरेका छन् । सम्बन्धित देशका आप्रबासीको संख्या एवं आर्थिक गतिबिधी बढ्दै गएपछि यस्तो युनियन सञ्चालनमा ल्याउन सफल भएको उदाहरण देखिन्छ । समुदायको आर्थिक हित प्रबद्र्धनको मूल उध्येश्य लिएर क्रेडिट युनियन स्थापना हुने गरेका छन् । अमेरिकी सरकारले यस्ता सामुदायीक बैंकलाई कर छुट दिने हुँदा अरु बाणिज्य बैंकको तुलनामा यिनीहरुका ऋणीले कम ब्याजदरमा कर्जा पाउने एवं बचतकर्ताले धेरै ब्याज पाउने अध्यक्ष भट्टले जानकारी दिए । Image may contain: 2 people, indoor

संस्थाले अमेरिकामा बसोवास गर्ने सबै नेपालीहरुलाई सदस्य एवं निक्षेपकर्ता बनाएर सुविधा प्रदान गर्ने लक्ष्य राखेको हुँदा संस्थाले सबै राज्यमा शाखा खोल्ने अनुमति पाएको छ । पा“च वर्षभित्रमा कम्तीमा १० शाखा र १० हजार निक्षेपकर्जा पुर्याइ कारोबार २० करोड अमेरिकी डलर नघाउने संस्थाले जनाएको छ । संस्थाले पहिलो शाखा भने अमेरिकामा बसोबास गर्ने नेपालीहरुले मिनी नेपाल भनेर चिन्ने न्युयोर्क ज्याक्सन हाइट्समै स्थापना गर्नेछ । अमेरिकामा नेपालीको सामुदायीक बैंक

संस्थाले नया सदस्यका लागि आवेदन समेत खुल्ला गरेको छ । आफ्नै क्रेडिट युनियन भएपछि अमेरिकाभरि बसोवास गर्ने नेपालीभाषीहरुलाई आर्थिक कारोबार गर्न सहज हुनेछ । आफ्नै भाषामा पनि कुराकानी गरेर बचत एवम् कर्जा लिने अवसर यहा रहेका नेपालीहरुले प्राप्त गर्नेछन् । साथै यसको मुनाफाको पनि हकदार रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *