२०८१ वैशाख ८ गते | 20th of April 2024

लस एन्जलसका कलाकर्मीहरुको ‘भन पहिले’ भन्ने म्युजिक भिडियो सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ११ गते ८:२५

लस एन्जलस – नेपालमा रहँदा बिभिन्न बिधामा सक्रिय कलाकर्मीहरु प्रवासमा रहेर पनि नेपाली कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उध्येश्यले विभिन्न कार्यक्रमहरुको आयोजना हुने गर्दछन् त्यस्तै लसएन्जल्समा बसोबास गर्ने कलाकारहरुको सहकार्यमा “भन पहिले” बोलको म्यूज़िक भिडियो सार्वजनिक गरिएको छ ।

जसमा एस .राज प्रोडक्शनका डायरेक्टर एस. राज(शंकर वाग्ले)का गित रचना, भिंडियों तथा निर्देशन रहेको छ । उहाँले यसअघि नेपाली चर्चित टेलिफ़िल्म मेरी बास्सै मा निकै रुचाईएको भुमिका राईफलेका रुपमा प्रस्तुत भएका थिए भने कान्तिपुर टेलिभिजनको घरबेटी -बा टेलिश्रखलामा समेत प्रमुख भुमिकामा रहेर अभिनय गरेका थिए ।

Image may contain: 3 people, including Amrit Luitel, people smiling, people standingImage may contain: 3 people, including Dinesh Shah and Shankar Raj Wagle, people standing

यसै सन्दर्भमा हाल भर्खरै आफ्नो जन्म दिनको अवसरमा एस राज (शंकर राज वाग्ले) ले “भन पहिले “ नामक म्यूज़िक भिंडियों सार्वजनिक गरेका छन् । Image may contain: 1 person, indoor

यसमा स्वर/ संगीत गायककार नरेन्द्र प्यासीको रहेको छ एंव मुख्य कलाकारहरु यम चापागाई, रोशिना कोईराला, अमित लुईटेलको मुख्य भुमिका रहेको छ र साथै बिदुर पाठकले स्क्रिन प्लेको भुमिका गरेका छन् भने भिंडियों एस राज प्रोडक्सनबाट सार्वजनिक गरिएको छ।

Image may contain: 5 people, people standing

यस कार्यक्रममा भिडियोलाई सार्वजनिक गर्दै सम्पुर्ण कलाकर्मीहरुलाई नेपाल अमेरिका पत्रकार संघ ( नेजा) को अध्यक्ष सुदिप पन्तले बधाई तथा शुभकामना ब्यक्त गर्दै एस राज प्रोडक्शनका राम्रो युवा टिम र राम्रो कार्यको प्रसंसा गरेका थिए र सो कार्यक्रममा लसएन्जल्सबासी सम्पुर्ण पत्रकारहरु ,फेरी भेटौला भन्ने नेपाली फिल्मको नायक रत्न थापा लगायत संगितलाई माया गर्ने ब्यक्तित्व तथा कलाप्रेमीहरुको उपस्थिति रहेको थियो ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *