२०८१ वैशाख १४ गते | 26th of April 2024

‘बाँध मायाले’ चलचित्रको सान-फ्रान्सिस्कोमा प्रिमियर शो हुने

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ११ गते १९:४७

सागर श्रेष्ठ/सानफ्रान्सिस्को – नायक आर्यन अधिकारीले आफ्नो चलचित्र बाँध मायालेका बारेमा पत्रकार भेटघाट कार्यक्रममा धेरै कुरा बताए। हाल सम्म ५ वटा मूभी खेलिसकेको बताउने अधिकारीको रिजिल हुँदै गरेको बाँध मायाले भने यो तेस्रो मूभी हो। पहिलो मूभीबाटै सफलता पाएका अधिकारीले यो मूभी वास्तविक मायाको परिभाषा दिने खालको भएकोले आफूले खेलेको इस्पस्ट पारे।

शबिर श्रेस्ठको निर्देशन रहेको चलचित्र बाँध मायालेमा आर्यन अधिकारीका साथमा नायिका श्रीष्टी श्रेष्ठ, चर्चित हाँस्य कलाकार राजाराम पौडेल, किशोर खडका लगायतका कलाकारहरुको अभिनय रहेको छ।रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मबाट किशोर खड्का नव-नायकको रुपमा डेव्यु गर्दैछन् । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायांकन बाबु श्रेष्ठ र द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ। फिल्ममा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् ।

पहिलो प्रिमियर सो अष्ट्रेलियाको सिड्नीमा गरेको र दोश्रो सो बे एरीयामा गर्न लागेको बताउदै नायक अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा आफ्नो मूभीको ब्याख्या गर्ने क्रममा प्रेमको परिभाषा समेत दिए। माया भनेको कुनै हिसाब-किताब र संझौता होइन त्यसमा कुनै सोच नै हुँदैन केवल माया हुन्छ। त्यसैको प्रतिक नै मूभी बाँध मायाले हो भन्दै थीए नायक अधिकारी। अन्तमा आफ्नो मूभी परिवारका सबै सदस्य बसेर हेर्न बढी मज्जा आउने कुरा बताउँदै सबैलाई प्रिमियर सो हेर्न आमन्त्रण गरेका थिए ।

नायक अधिकारीले आफ्नो मूभी सान फ्रान्सिस्को बे एरियाका दुइ फरक टाउनमा प्रिमियर सो हुने कुरा जानकारी दिए। पहिलो सो: Landmark Twin, Albany( 28th August, २०१८ मंगलबार 6:30 PM) र दोश्रो साउथ बे Serra Theatre, Milpitas (2nd September, २०१८ आइतबार 5PM) मा हुदैछ। त्यसैगरी नेपालका सबै हलहरुमा असोज ५, २०७५ अर्थात 21 September २०१८ का दिन प्रदर्शनमा आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *