२०८१ वैशाख १२ गते | 24th of April 2024

‘नेपाल आईडल’ लाई कडा टक्कर दिंदै ‘द भ्वाइस अफ नेपाल’

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १२ गते ७:४३

काठमाडौं – संगीतको पछिल्लो टेलिभिजन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को पहिलो भाग युटयुब नेपालको ट्रेन्डिङ्ग सूचीमा पर्न थालेको छ । यसै साता सुरु भएको सो सोमबार ट्रेन्डिङ्ग पहिलो नम्बरमा देखियो । कान्तिपुर टीभीमा आउने कार्यक्रमलाई लिएर युटयुब प्रयोगकर्ताले उत्साह जनाएका छन् । ‘अब नेपालीहरूले रियालिटी सो हेर्न इन्डियन च्यानल खोज्नुपर्ने जमाना गएछ,’ मदन गुरुङले कमेन्ट गरेका छन्, ‘यो कार्यक्रम उत्कृष्ट लाग्यो ।’ बादल परियासीले भने यस्ता कार्यक्रमलाई नौटंकी नबनाउन आग्रह गरेका छन् । उनी लेख्छन्, ‘यो रुने प्रथा हटाउनुपर्‍यो क्या † हेर्नी मान्छेका पनि आँखा रसाएर हैरान हुन्छ ।’ उनको कमेन्टमा ३२ लाइक छन् । यो खबर आजको ‘कान्तिपुर’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ ।

शोविता मगरलाई भने कोचहरूको कुर्सी मन परेछ । उनले लेखेकी छन्, ‘चेयर अमेजिङ लाग्यो । एक मुडकी हान्नेबित्तिकै बत्ती बलेर फनक्क घुम्दो रैछ ।’ राहुल थोकर लामाले सबटाइटल राख्न अनुरोध गरिरहँदा कतिपयले भने कोचहरूको बोल्ने शैली ‘वाउ’ लागेको अभिव्यक्ति दिएका छन् । शनिबार अपलोड गरिएको भिडियोमा सोमबारसम्म करिब ८ लाख ३२ हजार भ्युज र ६ हजारजति कमेन्ट थिए । Image result for nepal idol and the voice of nepal

एपी वान टीभीबाट आउने अर्को रियालिटी सो ‘नेपाल आइडल’ पनि युटयुबमा लोकप्रिय रहँदै आएको छ । दोस्रो सिजनको छैटौं भाग सोमबार ट्ेरन्डिङको पाँचौं नम्बरमा थियो । यसमा धेरैले काउली बूढा अर्थात् सन्ध्या बूढाको प्रस्तुतिमाथि कमेन्ट गरेको पाइयो । ‘गोल्डेन माइक पाउनुपथ्र्यो,’ रवि बस्नेत लेख्छन्, ‘उहाँले जजलाई नै चक्मा दिनुभयो । धेरै माथि पुग्नुहुन्छ होला ।’ विदेशी फ्रेन्चाइजका यस्ता कार्यक्रम नेपाल आउनु राम्रो भएको युटयुब दर्शकको बुझाइ छ । तिनका अनुसार यस्ता कार्यक्रमले स्थानीय प्रतिभालाई प्लेटफर्म दिन्छन् ।

Image result for nepal idol and the voice of nepal

कतिपय स्रष्टा एवं मिडिया समीक्षकले भने रियालिटी सोले पपुलर कल्चरलाई मात्रै प्रमोट गर्ने हुँदा यीबाट धेरै अपेक्षा राख्न नहुने तर्क गर्दै आएका छन् । मौलिक कला–संस्कृति जोगाउनुको सट्टा मनोरञ्जन प्रदान गर्नु रियालिटी सोको बेफाइदा भएको तिनको दाबी छ । ट्रेन्डिङ्ग सूचीमा सोमबार भारतीय फिल्म ‘ए.. आ..’ दोस्रो स्थानमा देखियो । तेलुगुबाट हिन्दीमा डब गरिएको फिल्म नेपाली दर्शकमाझ सदाझैं यसपालि पनि छाएको छ । फिल्म हेरे/नहेरे पनि सानु भाइ नामक प्रयोगकर्ताले लेखेका छन्, ‘हामी नेपाली एक हौं ।’ उनीसँग २१ जनाले ऐक्यबद्धता जनाएका छन् । विपुल महर्जनले चाहिँ फिल्मकी अभिनेत्री सामान्थ सुन्दर र क्युट लाग्ने बताएका छन् ।

ट्रेन्डिङ्गको तेस्रो र चौथो नम्बरमा भने कलाइतरका सामग्री परेका थिए । तिनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तसम्बन्धी रिपोर्ट थियो । निर्मलाको घटनालाई लिएर अहिले निकै विवाद भइरहेको छ । अपराधी लुकाउन खोजिएको भन्दै उनका परिवार र अधिकारकर्मीले प्रदर्शन गर्दै आएका छन् । सोमबारै माइतीघर मण्डलामा यसविरुद्ध कला प्रस्तुतिमार्फत विरोध जनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *