२०८१ वैशाख ७ गते | 19th of April 2024

‘नाइँ नभन्नू ल-५’ को विकेन्ड कलेक्सन २ करोड

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १२ गते ८:१६
काठमान्डौं – ब्रान्डका रुपमा स्थापित ‘नाइँ नभन्नू ल’ को पाँचौं शृंखला अर्थात् ‘नाइँ नभन्नू ल-५’ ले घरेलू बजारमा आक्रामक कलेक्सन गरेको छ । शुक्रवारबाट देशभर प्रदर्शनमा आएको यो फिल्मको व्यापारमा लगातार परेको सार्वजनिक विदाको ठूलो प्रभाव देखिएको छ ।  तीन दिने विकेन्डमा फिल्मले बम्पर ओपनिङ गरेको वितरकले दाबी गरेका छन् । प्रदर्शनको पहिलो दिन शुक्रवार अपेक्षाकृत व्यापार गर्न नसकेपनि शनिवार र आइतवार भने फिल्मको व्यापार आक्रामक रहेको छ ।
Image result for nai nabhannu la 5
‘फिल्मले बम्पर ओपनिङ गरेको छ,’ काठमाडौं वितरक सुनिल मानन्धरले फिल्मीखबरसँग भने, ‘शनिबार र आइतवारको कलेक्सन त यस बर्षकै उच्च हो । कल्पनै गर्न नसक्ने गरी दर्शक ओइरिएका छन् ।’  देशभरका सय बढी हलमा लागेको उक्त फिल्मले रिलिजको दिन शुक्रबार देशभर ४६ लाख रुपैयाँ व्यापार गरेकोमा शनिबार बढेर १ करोड २ लाख रुपैयाँको कलेक्सन गर्न सफल भयो । तेस्रो दिन ७४ लाख रुपैयाँ कमाएको वितरकबाट रिपोर्ट प्राप्त छ ।  तीन दिने विकेन्ड कलेक्सन जोड्ने हो भने ‘नाइँ नभन्नू ल ५’ ले २ करोड २२ लाखको कलेक्सन गर्न सफल भएको छ । १ करोड ३५ लाखमा निर्माण भएको यो फिल्मको कलेक्सन रफ्तार यस्तै रहे दोस्रो हप्ताबाट नाफाको बाटोमा हिँड्ने पक्का छ । 
सोमवार गाईजात्राको उपत्यकामा सार्वजनिक विदा भएका कारण चौथो दिन पनि फिल्मको कलेक्सन उच्च हुनेमा वितरक मानन्धर विश्वस्त सुनिन्छन् । उनका अनुसार, ‘नाइँ नभन्नू ल-५’ हेर्ने दर्शकको फ्लो मल्टिप्लेक्स भन्दा सिंगल थिएटरमा बढी छ । फिल्मको सुखद ओपनिङले उत्साहित बनेका निर्देशक विकासराज आचार्यले ‘नाइँ नभन्नू ल-६’ समेत बनाउन जोस बढेको सुनाए । उनी भन्छन्, ‘फिल्म हेर्नुभएका दर्शकले यसको छैटौं श्रृंखला कहिले बन्छ भनेर सोध्नुभएको छ । यो हाम्रो लागि ठूलो सफलता हो ।’
इलामको मनोरम लोकेसन, छायांकन र कलाकारहरुको दमदार अभिनयले ‘नाइँ नभन्नू ल-५’ उत्कृष्ट बनेको दर्शकको प्रतिक्रिया छ । फिल्म हेर्ने अधिकांशले बाल कलाकार सेड्रिना शर्माको कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनी फिल्मको मेरुदण्डको रुपमा छिन् । निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दीलिप रायमाझीलगायतका कलाकारहरुको अभिनय रहेको यस फिल्मबाट अभिषेक नेपालले अभिनेतामा डेब्यु गरेका छन् । पुरुषोत्तम प्रधान फिल्मका छायाँकार हुन् ।
अमेरिकामा यसै साता, सय शो चलाईने
नाइ नभन्नु ल –५ यसैं साता प्रर्दशनमा आएको  छ । विकास राज आचार्यको निर्देशन रहेको नाइ नभन्नु ल – ५ ले दर्शकको मन जित्न सफल भैरहेको छ । अमेरिकाका व्यवसायी एवं एनआरएनएका अभियन्ताहरु हरीबोल भण्डारी र  गौरीराज जोशीको लगानी रहेको चलचित्रले देशवाहिर समेत सफल व्यापार गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ । उक्त चलचित्र अमेरिकामा १०० शो देखाईने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *