२०८१ वैशाख १४ गते | 26th of April 2024

न्यूयोर्कमा सम्पन्न तेस्रो ‘नेपाल डे परेड २०१८’ को खर्च बिवरण सार्बजनिक

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १३ गते १५:१९

न्यूयोर्क – गत मे २० तारिखमा अमेरिकाको न्यूयोर्कमा सम्पन्न तेस्रो नेपाल डे परेडको खर्च आम्दानी (आयव्यय) बिवरण सार्बजनिक गरिएको छ ।

नेपाल डे परेड २०१८ तदर्थ समितीका संयोजक तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले मंगलवार एक प्रेस बिज्ञप्ती जारी गर्दै परेडको खर्च आम्दानी बिवरण सार्बजनिक गर्नुभएको हो । बिज्ञप्तीमा परेडलाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा हुने डे परेडलाई अझै भव्य बनाउन सबै गोलबन्द हुनुपर्नेमा जोड दिइएको छ ।

बिज्ञप्तीमा सामाजिक अन्यौलताका कारण नेपाल डे परेड २०१८ मा सबै समाबेश हुन नसेकेको आत्मसाथ गर्दै चौथो नेपाल डे परेडका लागी सबैको सहभागिता र सहयोगका लागी समेत अनुरोध गरिएको छ । चौथो नेपाल डे परेड २०१९ लाई अझै भव्य बनाउन आगामी सेप्टेम्बर ८ तारिखका दिन सर्बपक्षिय बैठक बोलाइएको समेत बिज्ञप्तीमा जनाइएको छ ।

प्रेस बिज्ञप्ती :
तेश्रो नेपाल डे परेड २०१८ का सम्वन्धमा
आदरणिय गैरआवासिय नेपाली दाजुभाई तथा दिदी बहिनिहरु,

प्रवासमा नेपाली पहिचानलाई जीवन्तता दिने, नेपाली भेषभुषा, सस्कृतिएवं गरिमालाई विश्वकै विविधताको परिचयक महानगरी न्यूर्योकशहरमा नेपाल डे परेडले तेश्रो आयाम पुरा गरेको कुरा यहाँहरु सबैलाईसर्वविदित नै छ ।

मे २०, २०१८ मा सम्पन्न कार्यक्रममा एनआरएनए न्यूयोर्क च्याप्टरलेसंयोजनकारी भुमिका निर्वाह गरेको र नेपाल डे परेड २०१८ संचालनतदर्थ समितिको आयोजनामा न्यूयोर्कस्थित बिभिन्न संघ संस्थाहरुसंगसहकार्य गर्दै सम्पन्न भएको र सो कार्यमा सहयोग पुराउनुहुने सम्पूर्णसामाजिक अभियान्ता, समाजसेवी, वुद्धिजिवि, व्यवसायी, पत्रकार एवंतमाम नेपाली मनहरु जसले सो कार्य सम्पादनमा अतुलनिय सहयोगपुराउनु भएको छ, आयोजक कमिटि एवं संयोजक कमिटिको तर्फबाटहार्दीक धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्न चाहन्छु । सामाजिकअन्यौलताका कारण पनि नेपाल डे परेड २०१८ मा धेरै साथीहरु समावेशहुन नसक्नु भएको कुरालाई आत्मसाथ गरिएको छ । व्यवहारिककठिनाई र समस्याको समाधान गर्दै राष्ट्यि र सामुहिक महत्वकोबिषयमा एनआरएनए नेपाली मात्रको साझा संस्था रहेको हुँदा गोलवन्दभई समाजलाई अग्रगामी दिशानिर्देश गर्न सहयोग पुराउनुहुनेछ भन्ने पूर्णविश्वास लिएको छु ।

नेपाल डे परेड २०१८ को आय व्यय विबरण कार्यक्रम परेड सकिएकोएक महिना भित्रनै सार्वजनिक गरिनेछ भन्ने हाम्रो प्रतिवद्धता रहेको थियो। नेपाल डे परेड २०१८ तदर्थ समितिमा प्रस्तुत आर्थिक प्रतिवेदनप्रकृयागत रुपमा नेपाल डे परेड २०१८ स्टेरिङ कमिटिमा पेश गरीछलफल गर्ने र त्यसलाई प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गर्ने तदर्थसमितिको निर्णय बमोजिम मिति अगष्ट १८, २०१८ मा मिटिङबोलाइएको कुरा जानकारीका लागि अनुरोध गरिन्छ । हामीले बिगतमासार्वजनिक रुपले जाहेर गरेको आर्थिक पारर्दशितालाई मध्यनजर गर्दैकन्भेनर रविकिरण कोइरालाले पेश गर्नु भएको खर्च विबरण उपस्थिततदर्थ समितिका सदस्य ज्यूहरु र स्टेरिङ कमिटिका सदस्य ज्यूहरुकोसर्वसम्मत निर्णयबाट निम्न अनुसारको आर्थिक प्रतिवेदन अनुमोदनगरेको थियो । अनुमोदित खर्च विबरणमा एनआरएनएको खर्च समेतसमावेश गरि सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी गराउन चाहन्छु। प्रस्तुत आर्थिक प्रतिवेदन सम्वन्धी केही जिज्ञासा भएमा तदर्थ समितीवा तेश्रो नेपाल डे परेड २०१८ का कन्भेनर श्री रविकिरण कोइरालासंगसम्पर्क गर्नुहुन समेत बिनम्र अनुरोध गर्दछु ।

चौथो नेपाल डे परेड २०१९ लाई कसरी अगाडि बढाउने भन्ने सन्र्दभमाबृहत टाउन हल मिटिङबाट छलफल गरि टाउन हल मिटिङको निर्णयबमोजिम अगाडि बढ्ने र टाउन हल मिटिङको मिति, समय र स्थान भनेनेपाल डे परेड २०१८ तदर्थ समितिको आगामी सेप्टेम्बर ८, २०१८ माबस्ने बैठकले निर्धारण गर्ने कुरा जानकारी गराउन चाहन्छु । अन्तत तेश्रोनेपाल डे परेड बिभिन्न कठिनाईका वाबजुत निरन्तरता पाउन सकेकोमाखुसी व्यक्त गर्दै भविश्यमा हुने नेपाल डे परेडमा सम्पूर्ण नेपालीहरुगोलवन्द हुन सक्ने वातावरणको सृजना गरौं । बिविधतामा एकता नैहाम्रो बल हो भन्ने तथ्यलाई मनन गर्दै सम्पूर्ण संघ सस्था एवंगैरआवासिय नेपाली समुदायलाई समेटेर समग्रमा राष्ट्यि पहिचान,सामुहिक हित र भावी पिढीका लागि अनुकरिणय, दिगो र जिवन्तनेपाली पहिचान हस्तान्तरण गर्न सकौं । सो कार्यकालागि हामी सबैकोयोगदान अपरिहार्य रहन्छ ।

भवदिय
रामहरी अधिकारी
संयोजक
तदर्थ समिति नेपाल डे परेड २०१८
च्याप्टर अध्यक्ष
एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर

आयब्यय विबरण निम्नानुसार छ :

BALANCE SHEET FOR NEPAL DAY PARADE 2018
S.N. Income Amount Expenses Amount
01. Savings from 2016/017 $14,655.11 Float Trucks 2200.00
02. Float Material 461.50
03. Sound on the Run 2000.00
04. NDP T-Shirts 1000.00
05. Print & Design 3207.75
06. Food 2587.01
07. US Flags 189.00
08. Nepali Flags 175.00
09. Home Depot 317.20
10. Flags & Courier 200.00
11. Water 605.00
12. Transportation 431.73
13. Portable Toilets 450.00
14. Moktan Digital 1000.00
15. DJ Jangbu 500.00
16. Video Promo 300.00
17. Paper Advertisements 1000.00
18. Photography 800.00
19. Frame Design 100.00
Total Income $14,655.11 Total Expenses $17524.19
Net Loss/Profit   (2869.08)  
NRNA BALANCE SHEET FOR NEPAL DAY PARADE 2018
S.N. NRNA Income Amount NRNA Expenses Amount
DR Keshab Paudel 350.00 Banners and Ribbon 805.00
Gouri R Joshi 250.00 Float Trucks 1400.00
Suneel Sah 300.00 Food 392.00
Gopendra Bhattarai 250.00 Transportation & other 100.00
Dharma Raj Adhikari AUS. $150
Nabin Sherchan 100.00
Babu Ram (BR) lama 100.00
Bandana Koirala 100.00
Goma Sen 100.00
Hom Gautam 100.00
Sanjay Thapa. 100.00
Ang Ngima G Sherpa. 100.00
Ram Hari Adhikari 100.00
Mahesh Khadka 100.00
Kanchan KC 100.00
Begam Pandit 100.00
Prem K Rai 100.00
Balram Shrestha 100.00
Gopal Gurung 100.00
Reemaya Nepali 42.00
Total Income $2697.00 Total Expenses $2697.00
Net Loss/Profit 0.00

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *