२०८१ वैशाख ११ गते | 23rd of April 2024

नारायणहिटीको श्रीपेच सार्वजनिक गरिँदै, श्रीपेच हेर्न कति शुल्क ?

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १६ गते १८:४२

काठमाडौं – नारायणहिटी दरबारमा रहेको श्रीपेच सार्वजनिक गरिने भएको छ । नारायणीहिटी दरबारको सैलुन कक्षमा रहेको श्रीपेच सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गर्न लागिएको हो । २०६२–६३ को जनआन्दोलनसँगै राजतन्त्र अन्त्य भयो । अन्तिम राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेपछि त्यसलाई संग्राहालय बनाइएको छ तर, अहिलेसम्म श्रीपेच सार्वजनिक भने गरिएको थिएन ।

श्रीपेच देखाउन (सोकेस) का लागि पुरातत्व विभागले आहृवान गरेको बोलपत्र फाल्कन आइज एक्सपोर्ट इमपोट प्रालिले पठाएको छ । विभागले नारायणी दरबार संग्राहालयमा श्रीपेच प्रदर्शनीको लागि सुरक्षा प्रणाली र मर्मत तथा सम्भार गर्न बोलपत्र आहृवान गरेको थियो । नारायणीहिटी दरवार संग्राहालय श्रोतका अनुसार कार्तिक मसान्तभित्रै श्रीपेच हेर्न पाईनेछ । श्रीपेचको प्रदर्शनी कक्ष निर्माणका लागि २८ लाख खर्च लाग्ने विभाग स्रोतले जानकारी दियो । यसको सम्पूर्ण खर्च पुरातत्व विभागले नै व्यहोर्नेछ ।

श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा जडित छन् । श्रीपेचको पछाडि झुण्डिने आकर्षक कल्की दुर्लभ मानिने ल्याटीन अमेरिकी चरा बर्ड अफ प्याराडाइजको पुच्छरबाट बनेको हुन्छ । नारायणीहिटी संग्राहालयको प्रवेश शुल्क नेपालीका लागि रु १००, सार्क राष्ट्रका नागरिकका लागि रु २५० र वाहृय देशका नागरिकका लागि ५०० रुपैयाँ छ । विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संग्राहालय खुला रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *