२०८१ वैशाख ८ गते | 20th of April 2024

हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलर

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १७ गते १७:११

काठमाडौँ – अमेरिकी डलरको मूल्यले हरेक दिनजसो रेकर्ड कायम गर्न थालेको छ । विहिबार एक अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ६५ पैसा थियो । यो नै इतिहासको सबैभन्दा महङ्गो मूल्य बन्यो । तर शुक्रबार पनि डलरले नयाँ रेकर्ड कायम गरेको छ । विहिबारको मूल्यलाई पछि पार्दै आज एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८९ पैसा पुगेको छ ।

अब यो नै इतिहासको सबैभन्दा महङ्गो बन्न पुगेको छ । यसले महङ्गीमा आम नेपाली जनता पिल्सने खतरा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको बिक्री मूल्य ११३ रुपैयाँ ४९ पैसा रहेको छ। यस्तै एक यूरोको खरिददर १ सय ३१ रुपैयाँ ९८ पैसा छ भने विक्रीदर १ सय ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४६ रुपैयाँ ९२ पैसा छ भने बिक्रीदर १ सय ४७ रुपैयाँ ७० पैसा रहेको छ । जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा र विक्रीदर १० रुपैयाँ १८ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ र विक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ७३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ९९ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *