1

म्याडिसनमा लिभिंग टुगेदर

55 पटक पढिएको

म्याडिसन – विस्कानशिन राज्यको म्याडिसन शहरको सगरमाथा वुक क्लवले साहित्यकार गोविन्द गिरी प्रेरणाको हालै प्रकाशित उपन्यास “लिभिंग टुगेदर” को एक परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।

फिचवर्ग पव्लिक लाइव्रेरी फिचवर्गको सभाकक्षमा आयोजित सो परिचर्चा कार्यक्रमको शुरूमा साहित्यकार दिनार श्रेष्ठले कार्यक्रमको आयोजनाको उद्देश्यवारे प्रकाश पार्दै साहित्यकार गोविन्द गिरी प्रेरणाको साहित्यिक परिचय प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले आफ्नो लेखन यात्राको चर्चा गर्दै “लिभिंग टुगेदर” लेखनको पृष्ठभूमि वताउनु भयो ।
त्यसपछि समारोहका सहभागीहरूले उपन्यासकार प्रेरणालाई उहाँको लेखन प्रकृया, लिभिंग टुगेदर उपन्यासको प्रेरणा श्रोत एवम् लिभिंग टुगेदरका विविध पक्षवारे प्रश्न गरेका थिए र उपन्यासकार प्रेरणाले त्यसको जवाफ दिनु भएको थियो ।

त्यसरी प्रश्न गर्नेहरूमा पूर्ण श्रेष्ठ, मदन श्रेष्ठ, अर्चना धाख्वा, दिनार श्रेष्ठ, राजेन्द्र अर्याल , सीता अर्याल, एकवहादुर क्षेत्री, सन्तोष लामिछाने, धन श्रेष्ठ , नारायण मल्ल हुनुहुन्थ्यो ।

सगरमाथा वुक क्लव यसै वर्ष शुरू गरिएको हो र क्लवले विभिन्न पुस्तकहरूको चर्चा परिचर्चा गर्ने परम्पराको थालनी गरेको छ । मध्य पश्चिम अमेरिकी राज्य विस्कानशिन राज्यको म्याडिसनमा सन् २००५ मा पहिलोपल्ट भानु जयन्ती मनाइएपछि त्यहाँ निरन्तर
साहित्यिक गतिविधिहरू हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौं - नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय.. ...

सान्-फ्रान्सिस्को/सागर श्रेष्ठ - यही आउंदो नोभेम्बर २४ तारिखका दिन हाम्रो बे एरीयामा रहेको.. ...

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...