२०८१ वैशाख १३ गते | 25th of April 2024

कीर्तिमान नजिक नेपाली फुटबल कप्तान बिराज महर्जन

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ २४ गते १६:२८

बंगलादेश – यतिबेला नेपाली फुटबल टिम बंगलादेशको राजधानी ढाकामा साफ सुजुकी कप फुटबलमा ब्यस्त छ । यही नेपाली टिमको कप्तानी भूमिका निर्वाह गरिरहेका कप्तान विराज महर्जन कीर्तिमानी रेकर्ड नजिक छन् ।

विराज महर्जन यो अर्थमा पनि कीर्तिमान नजिक छन् की उनले यसअघि राजुकाजी शाक्यले बनाएको सर्वाधिक ६८ क्याप बराबरी गरेका छन् । बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलमा उनी भुटानविरुद्ध मैदानमा छिर्दै नेपाली फुटबल इतिहासमा सर्वाधिक क्याप जित्ने खेलाडी बन्ने तरखरमा छन् ।

अहिले कप्तान विराजले ६८ क्याप जितेका छन् । अब भुटानसँगको खेलमा उनको ६९ औं क्याप हुनेछ । यो नेपाली फुटबल खेलाडीको सबैभन्दा बढी क्याप हो ।

विराज एन्फा एकेडेमीका दोस्रो ब्याजका खेलाडी हुन् । विभिन्न उमेर समूह पार गर्दै सन् २००८ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका विराज अहिलेसम्म नेपाली फुटबलमा विराजमान छन् । २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको खेलमा अन्जान केसीको स्थानमा खेलको ८९ औं मिनेटमा मैदानमा छिर्दै डेब्यू गरेका थिए । जुन खेलमा नेपालले पाकिस्तानलाई २-१ ले पराजित गरेको थियो ।

सेफ ल्यान्डिङको तयारी :

विराज सम्भवतः सबैभन्दा छिटो गोल गर्ने नेपाली खेलाडी हुन् । सन् २००९, मार्च २८ तारिखमा दशरथ रंगशालामा भएको खेलमा ७७ सेकेन्डमा विराजले गोल गरेका थिए ।

ब्राजिलका रोबर्ट कार्लोसलाई आफ्नो आइडल खेलाडी मान्ने विराज आफ्नो कीर्तिमानी क्यापबारे यसो भन्छन्, ‘आफ्नो देशको लागि खेल्न पाउनु, यो मेरो लागि गौरवको कुरा हो । कसैले चाहेर पनि यस्तो मौका पाउँदैन । समर्थक, प्रशिक्षक सबैको मायाले म यहाँसम्म आइपुगेको छु ।’

त्यसो त, आफूले फुटबललाई नै लिएर सेफ ल्यान्डिङमा रहेको विराज बताउँछन् । ‘आफुले राम्रो गर्दागर्दै पनि राम्रा भाइरू आउँछन् भने मैले स्थान दिनै पर्छ । अब चाहिँ मैले पनि विचार गर्नु पर्छ । शरिरले साथ दिएसम्म खेल्नेछु । फुटबललाई नै लिएर सेफ ल्यान्डिङको तयारीमा छु ।’

सफल कप्तान :

विराज महर्जन नेपाली फुटबलका सफल कप्तान हुन् । उनकै कप्तानीमा नेपालले ३ वटा महत्वपूर्ण प्रतियोगिताको उपाधि उचालेको थियो । बंगबन्धु गोल्डकपको उपाधि दिलाएका विराजले सन् २०१६ मा साग गेम्समा नेपाललाई गोल्ड मेडल दिलाएका थिए ।

त्यस्तै, नेपालले एएफ्सी सोलिडारिटी कपको उपाधि जित्दा पनि विराज कप्तानकै भूमिकामा थिए ।

२०१५ मा भारतमा सम्पन्न साफ च्याम्पियनसिपदेखि नेपालको कप्तानी सम्हालेका विराजले आफ्नै कप्तानीमा १५ खेल खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *