1

तरुण दलका अध्यक्षको हत्या

68 पटक पढिएको

रोल्पा – रोल्पामा अपरिचित समूहले गोली प्रहार गरेर नेपाल तरुण दलका नगर समिति अध्यक्ष रोहित पुनलाई गोली हानी हत्या गरेको छ ।

सुलिचौरमा आइतबार दिउँसो अपरिचित समूहले अध्यक्ष पुनलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । होटेलमा खाजा खाँदै गरेका पुनलाई गोली प्रहार गरिएको थियो । गोली लागेर घाइते पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी भनाइ छ ।

अध्यक्ष पुनले सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलिचौरस्थित रेष्ट पोइन्ट रेष्टुरेन्ट एण्ड बारमा खाजा खाँदै गरेका अध्यक्ष पुनलाई एक्कासि गोली प्रहार भएको थियो ।

अध्यक्ष पुनको शवलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ । अध्यक्ष पुनलाई कसले गोली प्रहार गरेको हो खुल्न सकेको छैन  ।नेपाल तरुण दलले नगर समिति अध्यक्ष पुनलाई गोली प्रहार गर्ने समूहलाई पक्राउ गरेर कारबाही गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौं - नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय.. ...

सान्-फ्रान्सिस्को/सागर श्रेष्ठ - यही आउंदो नोभेम्बर २४ तारिखका दिन हाम्रो बे एरीयामा रहेको.. ...

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...