२०८१ वैशाख ७ गते | 19th of April 2024

निशानकाे स्वरमा छक्का पन्जा ३ काे दाेस्राे गित, एकै दिनमा भाइरल

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ २५ गते २२:२७

काठमाडौं – पहिलो नेपाल आइडलका फस्ट रनरअफ निशान भट्टराईले ‘छक्का पञ्जा ३’ को गीत गाएका छन् । फिल्मको दोस्रो गीतको रुपमा आइतबार ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’…… बोलको गीत र भिडियो सार्वजनिक भएको हो।’गीतमा निशान भट्टराईसँगै र एन्जिला रेग्मीको स्वर रहेको छ । अर्जुन पोखरेल र दीपकराज गिरीको रचना रहेको गीतमा अर्जुन पोखरेलले संगीत गरेका छन भने गीतको एरेन्जर महाराज थापा रहेका छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तमाङको अभिनय देख्न सकिन्छ। छक्का पञ्जा ३ को गीत ‘पहिलो नम्बरमा’ एक महिना अघि नै सार्वजनिक भइसकेको छ ।

केही महिनाअघि सार्वजनिक गरिएको निशानको एकल स्वरमा रहेको ‘भुन्टी’ बोलको गीत निकै लोकप्रिय बनिरहेको छ। नेपाल आइडलबाट थुप्रैको मन जित्न सफल निशान भट्टराई सफलताको सिँढी चढिरहेका छन् ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *