२०८१ वैशाख १३ गते | 25th of April 2024

ओमनको सडक दुर्घटनामा नेपाली डाक्टरको निधन

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ २७ गते १७:०३

ओमन – सोमबार विहान ओमनको दक्षिणी क्षेत्र हिमामा सडक दुर्घटनामा परि एक नेपाली युवा डाक्टरको मृत्यु भएको छ । तनहुँ जिल्ला चिसापानी -७ निवासी डा. बिष्णुबाबु तिवारीको कम्पनीको गाडि दुर्घटनामा परि घटना स्थलमै मृत्यु भएको हो । दुर्घटना के कसरी भयो भन्ने वारे बृस्तित जानकारी भने अहिलेसम्म नआएको सोहि ठाउँमा काम गर्ने साथी ललितपुरका डा:हरि प्रसाद दाहाले बताएका छन् ।

मृतक तिवारी रोयल कोर्ट सुल्टानेट अफ ओमनको प्रत्यक्ष नियन्त्रणमा रहेको ओमनको ठुलो संरक्षण राष्ट्रिय निकुञ्ज अलवास्ता बन्यजन्तु आरक्षमा भेटनरि डाक्टरको रूपमा कार्यरत थिए। नेपालमा रहंदा विभिन्न रास्ट्रिय तथा अन्तरास्ट्रिय संघ-संस्थाहरुमा भेटनरी प्रोफेसनको रुपमा काम गरेका उनी नेपाल तथा ओमनमा अब्बल डाक्टर भनेर चिनिन्थे । उनी २०१४ देखि ओमनमा कार्यरत थिए ।

डाक्टर तिवारीका श्रीमति र एक ४ वर्षीय छोरी छन् । सधै साथमा ओमनमा बस्दै आएका उनका श्रीमति र छोरी यतिबेला भने केही समयको लागि नेपाल गएका थिए । अत्यन्तै मिलनसार सहयोगी स्वाभाव भएका डाक्टर तिवारीको यो असमायिक निधनप्रती ओमनबासि नेपाली संघ-संस्थाहरुले दुख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *