२०८१ वैशाख ७ गते | 19th of April 2024

बाबुराम भट्टराईलाई अमेरिकामा कालो झन्डा

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ३० गते २३:१०

डालस – पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ती नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई अमेरिकामा कालो झन्डा देखाईएको छ ।

अमेरिका भ्रमणमा रहेका व्यवस्थापिका संसदमा नेपाली कांग्रेसको तर्फबाट गोरखा जिल्लाबाट निर्वाचित भट्टराई अहिले अमेरिका भ्रमणमा छन् ।

‘जनयुद्धको नाममा आफ्नै मुलुकका १७ हज़ार दाजुभाई-दिदी बहिनीको अनाहकमा ज्यान लिएको’ आरोपमा डा. भट्टराईलाई आज डालासमा कालो झन्डा देखाईएको तरुण दल अमेरिकाका अध्यक्ष तथा जनसम्पर्क समितिका निवर्तमान सदस्य ओम भट्टराईले जनाए ।

पुर्व मन्त्री तथा भट्टराई पत्नी हिसिला यमी र स्वकीय सचिवका साथ अमेरिका भ्रमणमा रहेका डा. भट्टराई अमेरिकाको राजधानी डी सी झरेर स्थानिय समुदायले आयोजना गरेको अन्तरकृयामा भाग लिएर हिजो डालास पुगेका थिए ।

’एनआरएन अमेरिकाले भ्रमणको चांजोपांजो मिलाएको’ भनिएको भट्टराईको अमेरिका यात्राले एनआरएन अमेरिकाका पदाधिकारी विच नै तल्लो स्तरको गालीको प्रकृयाले  एनआरएन अमेरिका विवादमा तानिएको छ ।

पुर्व प्रधानमन्त्री भट्टराई लस एन्जलस लगायत अन्य शहरमा आयोजना हुने कार्यक्रमहरुमा पनि सहभागी हुने जनाईएको छ ।

फोटो : प्रतीक सुवेदी/ओम भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *