२०८१ वैशाख ७ गते | 19th of April 2024

आइजिपी खनाललाई पेलेरै अघि बढे गृहमन्त्री थापा

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १ गते १२:०९

काठमाडौं – निर्मला पन्त हत्या प्रकरणमा सरकारको सर्वत्र आलोचना भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले शनिबार साँझ अनुसन्धानमा संलग्न ५ प्रहरी अधिकृतलाई निलम्बन गरे।

जनदबाब मथ्थर पार्न गरिएको यो कारवाहीमा सिआइबीका डिएसपी अंगुर जिसी पनि परे। जबकी प्रमाण नष्ट गर्न मुख्य भुमिका स्थानीय प्रहरीको थियो। स्थानीय प्रहरीको घानमा अनुसन्धानमा काविल जिसी पनि परे। जिसीलाई पनि कारवाहीको तयारी भएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विरोध गरे।

उनले अनुसन्धानका क्रममा आशंकित प्रहरीहरु दोषी ठहर भए निलम्बनमात्र नभई बर्खास्तीकै लागि आफू तयार भएको बताएका थिए । तर, अनुसन्धानमा खटिएकै नाममा प्रहरीलाई निलम्बन गर्दा अन्य अनुसन्धानकर्मी प्रहरीको मनोबल गिर्ने र अनुसन्धान प्रक्रिया प्रभावित हुने खनालको अडान थियो। आइजिपीले यस्तो अडान लिँदा पनि गृहमन्त्रीले भने उनको कुरा सुनेनन्। र गृह मन्त्रालयले आइजिपीको असन्तुष्टि हुँदाहुँदै पेलेर ५ प्रहरी अधिकृतलाई निलम्बनको विज्ञप्ति निकाली छाड्यो।

यसअघि अनुसन्धानकर्मी प्रहरीहरुलाई निलम्बन गरेर अर्को शिराबाट अनुसन्धान थाल्ने गृहको तयारी भएपछि आइजिपी खनालले त्यस प्रकारको अनुसन्धान विधिबाट निश्कर्षमा नपुगिने अडानमा लिएको स्रोतको दाबी छ। अनुसन्धान पुरा नहुँदै र आइजिपीको असन्तुष्टि हुँदाहुँदै सरकारले अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई निलम्बन गरपछि प्रहरी संगठनमा चरम निराशा छाएको छ। अब प्रहरी अधिकृत कुनै अनुसन्धानकोे जिम्मवारी लिन सुरुमै डराउनुपर्ने अवस्था आउन सक्ने पूर्व प्रहरी अधिकारीहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *