२०८१ वैशाख १४ गते | 26th of April 2024

मैले दरवारमा प्रजातन्त्र बुझाईन – रामचन्द्र पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १ गते १८:४२

लक्जेम्बर्ग – निर्वाचनमा लज्जासपद हार व्यहोरे पछि पनि नेपाली कांग्रेस भित्रको गुट–उपगुट हट्न सकेको छैन । आन्तरिक विवाद घट्नको सट्टा झन बढ्दै गएको छ । पार्टी विधि विधानबाट संस्थागत ढंगले नचलेको आरोप लागिरहेको छ । शीर्ष नेताहरु एकले अर्कोलाई दोष थुपार्ने, आलोचना गर्ने प्रचलनको अन्त्य हुन सकेको छैन ।

युरोप भ्रमणमा रहनु भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यहाका जनसम्पर्क समितिको विभिन्न कार्यक्रममा सभापति शेरवहादुर देउवाको कारण काग्रेस ईतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको भनीभनि आलोचना गरेका छन । सभापति देउवा असक्षम भएको भनि युरोपभरी प्रचार गरिएका छन ।

स्थानिय, प्रादेशिक र संघीय तीनै तहको निर्वाचनमा नराम्रो पराजाय भोग्नु परेको मुख्य कारण सभापती देउवाको असक्षमता र ‘दरवारमा लगेर प्रजातन्त्र बुझाउने आफु नभएको’ बताए । पौडेलले आफु ईमान्दार भएर काग्रेसलाई सहि बाटोमा हिडाउन अहोरात्र खटिरहेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *