२०८१ वैशाख १३ गते | 25th of April 2024

दुई पुस्तक लिएर आए चिरन्जिवी वाग्ले

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २ गते १९:११

काठमान्डौं – राजनीतिक जीवनको उत्तरार्दमा कपिपय नेताहरु के गर्ने भन्ने चिन्तामा हुन्छन । तर सामाजिक अनुभवको अनुभुति साँटासाँटा गर्ने माध्यम साहित्यिक यात्रा हो भन्ने चाहिँ कमैले बुझेका हुन्छन । यस्तै थोरै नेतामध्ये एक हुन नेपाली काँग्रेसका नेता चिरञ्जीवी वाग्ले । नेता वाग्लेले आज दुई पुस्तकहरु ‘उज्यालोतिरको यात्रा’ कविता संग्रह र ‘नेपाली साहित्यमा मेरो दृष्टिकोण‘ सार्वजनिक गर्दा काँग्रेसको सिंगो केन्द्रीय नेतृत्व उपस्थित थियो ।

कार्यक्रममा धेरैले सोचेका थिए कि काँग्रेसका नेताहरुबीचको वाक युद्ध यहाँ सुन्न पाइएला । तर परिस्थिति ठिक उल्टो भयो । यसको पछाडि एउटै कारण थियो कि पुस्तकका लेखक वाग्लेले शुरुमै राजनीतिक आग्रह पूर्वाग्रह नराखी साहित्यिक रसको स्वादमा रमाउन आग्रह गरेका थिए । वाग्लेले पुस्तककमा आदिकवि र पहिलो कविको बारेमा गरेको चर्चालाइ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले निकै जोडतोडले उठाए । निधीको चासो थियो आदि र पहिलो एकै हुन कि होइनन् । ऋअव साहित्यिक अनुसन्धान गर्न उहाँले आग्रह गर्नुभयो । 

काँग्रेस सभापति देउवाले वाग्लेको साहित्यिक क्षमताको मात्र चर्चा गर्नुभयो राजनीतिक पाटो उल्लेख नै गर्नु भएन । साहित्य र राजनीतिको कुरो आउँदा वीपीलाई सबैले सम्झने गर्दछन । वीपी पुत्र तथा काँग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले वीपीले साहित्यमा  क्षितिज हुँदैन भन्ने गरेको प्रसंग उल्लेख गर्नुभयो ।

शुभकामना दिने अधिकांश काँग्रेसी नेताहरुले धमिलिएको नेपाली काँग्रेसको राजनीतिलाई साहित्यका माध्यमबाट सुधार गर्न सकिने भन्दै घुमाउरो पाराले पार्टी नेतृत्वलाई घचल्का पनि हान्न भ्याउनुभयो । लामो समय नेपाली काँग्रेसको केन्द्रीय नेतृत्वमा रहेर भूमिका निर्वाह गरेका वाग्ले पछिल्ला दिनहरुमा राजनीति भन्दा साहित्यिक रचनामा व्यस्त हुनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *