२०८१ वैशाख १४ गते | 26th of April 2024

निर्माण ब्यबसायी महासंघको २० औं साधारण सभा शुरु हुँदै, तयारी पूरा

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २ गते १९:४०

काठमान्डौं – नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा निर्माणबाट समृद्धि भन्ने नारा सहित आगामी विहिवारदेखि राजधानीमा शुरु हुने भएको छ । महासंघले मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी साधारण सभा तथा नयाँ नेतृत्व चयन गर्नका लागि हुन लागेको निर्वाचनको तयारी लगभग पूरा भएको जानकारी दिएको छ । साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने जानकारी पत्रकार सम्मेलनमा दिइयो । सोही अवसरमा प्रधानमन्त्री ओलीबाट महासंघको वार्षिक स्मारिका निर्माण विशेषांक र महासंघका पूर्व उपाध्यक्ष केशवप्रसाद गौतमद्धारा लिखित पुस्तक नेपालमा निर्माण व्यवसाय समेतको विमोचन हुने कार्यक्रम राखिएको महासंघले जनाएको छ ।

साधारण सभा सफल बनाउन महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठको संयोजकत्वमा ३ सय ३१ सदस्यीय मूल आयोजिक समिति गठन गरिएको महासंघले जानकारी दिएको छ । असोज ४ गते साधारण सभाको औपचारिक उद्घाटन भएपछि असोज ५ गते बन्द सत्र संचालन हुने बताइएको छ । बन्द सत्रमा महासचिव रामशरण देउजा तथा कोषाध्यक्ष रोशन दाहालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । असोज ६ गते निर्वाचन मार्फत् आगामी तीन वर्षका लागि महासंघको नयाँ नेतृत्व चयन हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । निर्वाचनमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महासचिव सहित पदाधिकारी र सदस्यहरु गरी ५४ पदका लागि निर्वाचन हुने महासंघका प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिनुभयो । महासंघको विधान अनुसार पाँच सदस्य भने पछि अध्यक्षद्धारा मनोनयन गरिने बताइएको छ ।

साधारण सभामा प्रतिनिधि तथा पर्यवेक्षक गरी देशभरका २५ सय भन्दा बढी निर्माण व्यवसायीहरुको सहभागिता रहने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा महासंघका पूर्व अध्यक्षहरु रमेश शर्मा, यक्षध्वज कार्की, जयराम लामिछाने, अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रामशरण देउजा लगायतले सर्वसम्मत् नेतृत्व चयन गर्नका लागि प्रयास जारी रहेको जानकारी दिनुभयो । महासंघमा देशभरका १२ हजार ५ सय व्यवसायी आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *