२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपाली युवाहरुद्दारा डालासमा क्लबको स्थापना

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ३ गते १०:४१

टेक्सास – टेक्सासको ड्यालासमा रहेका नेपाली युवाहरुले खेलकुद र समाजसेवामा सकृय हूने उद्धेश्यका साथ नयां क्लबको स्थापना गरेका छन् । लामो समय देखी समूहगत रुपमा भलिबल लगायतका खेलकुद कार्यमा सकृय हुंदै आएका यूवाहरुले नेपस्६ार अफ डिएफडब्लु नामक क्लबको स्थापना गरि संग७ित हूने भएका हून् । बिगत केहि बर्ष देखी भलिबल क्लबको रुपमा समूहगत रुपमा संग७ित हूंदै आएको क्लबले यस बर्षको दशैंदेखी औपचारिक रुपमा शूरुवात गर्न लागेका हन् । दशैको अवसरमा क्लबको औपचारिक शूरुवातका साथै दूई दिनसम्म बिषेश कार्यक्रम समेत गर्ने भएका छन् ।

सोमबार ड्यालासको यूलेशमा भएको यूवाहरुको भेलाले नारायण क्षेत्रीको अध्यक्षतामा ७ सदस्यीय समितिको गठन गरेको हो । यूवा ब्यवासायी तथा भलिबल खेलाडि समेत रहेका क्षेत्रीको संयोजकत्वमा बनेको समितिमा सचिवको जिम्मेवारी भूवन आले मगर रहेका छन् । दशैको अवसरमा हून लागेको शूभकामना आदान प्रदान तथा औपचारिक उद्घाटनको तयारि कार्यक्रम र क्लबको कार्ययोजना बनाउने जिम्मा पाएको समितिको अन्य सदस्यहरुमा दिपक कार्की, टिका चांपागाई, जिवाराज बूढा, भिम थापा र नगेन्द्र ईग्नाम रहेका छन् ।

नव गठित क्लबका अध्यक्ष क्षेत्रीका अनुसार आफूहरुले नामका लागि नयां क्लब दर्ता गरेको भन्दा पनि खेलकूद मार्फत यूवाहरुलाई जोड्दै समाजसेवा र खेलकूद क्षेत्रमा लाग्ने योजना राखेको बताएका छन् । अमेरिकामा हूर्कदै गरेका नेपाली बच्चाहरुलाई नेपाली संस्कार सहित खेलकूदका कार्यक्रम लैजाने समेत क्लबको योजना रहेको उनको भनाई छ । क्षेत्रीले ड्यालास र वरपर रहेका अन्य नेपाली संस्था तथा क्लबहरुसंग सहकार्य गर्दै उदाहरणिय संस्था बनाउने आफूहरुको सपना रहेको बताएका छन् । क्लब भर्खर मात्र औपचारिक रुपमा स्थाना हून लागेको भए पनि आफूहरुसंग लगभग दूई सयको संखयामा साधारण सदस्य रहेको र अझै सदस्यता बिस्तार गर्दै जाने योजना क्लबले लिएको सचिव आलेले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *