२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

तान्जानियामा डुङ्गा दुर्घटना, एक सयको मृत्यु, दर्जनौ वेपत्ता

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ५ गते २१:२३

नैरोब – तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ वेपत्ता भएका छन् । तान्जानियाका उद्धारकर्ताहरुले शुक्रबार सो दुर्घटना भएको जानकारी दिएका छन् । बेपत्ताहरुको खोजीकार्य शुरु गरिएको र उनीहरुको जीवितै उद्धारका लागि प्रयास जारी रहेको तान्जानियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।

यहाँको उकारा द्वीपनजिकै बिहीबार अपराह्न करिब एकसय यात्रु सवार रहेको सो डुङ्गा दुर्घटना भएको थियो । दर्जनौको सङ्ख्यामा बेपत्ता रहेका व्यक्तिले ज्यान गुमाउने डर भएको उकेरेवे जिल्ला परिषदका प्रमुख जर्ज न्यामाहाले चिन्ता व्यक्त गरेका छन् ।

क्षेत्रीय गभर्नर जोन मोङगेल्लाले यस दुर्घटनमा परी करिब एकसय जनाको मृत्यु भएकोे र अन्य ३७ जनालाई उद्धार गरिएको बिहीबार बताउनुभएको छ । यद्यपि, उद्धार गरिएकाहरुमा पनि केहीको अवस्था चिन्ताजनक भएको जोनले बताएका छन् ।

तान्जानियाको सरकारी निकायका अनुसार यस डुङ्गामा कति व्यक्ति सवार रहेका थिए भन्ने प्रष्ट भएको छैन । डुङ्गा दुर्घटनाको कारण हाल प्रष्ट नभएको तर यसप्रकारको दुर्घटनामा बारम्बार क्षमता भन्दा बढी नै व्यक्ति रहने गरेका कारण नै हुने गरेको सम्बन्धित अधिकारीहरुले दाबी गरेका छन् । करिब ७० हजार वर्ग मिलोमिटर क्षेत्रफल रहेको यो भिक्टोरिया ताल अण्डाकारमा रहेको छ । –एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']