२०८१ वैशाख १३ गते | 25th of April 2024

मेरिल्याण्डमा भएको गोलीकाण्डमा पर्वतकी वृन्दा गिरीको मृत्‍यु

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ६ गते १२:२८

बाल्टिमोर – अमेरिकाको मेरिल्याण्ड राज्यको हार्डफोर्ड काउन्टीमा बिहीबार भएको गोली काण्डमा ज्यान गुमाउने ४ जनामध्ये एक जना नेपाली महिला भएको प्रहरीले जनाएको छ । गोली लागेर ज्यान गुमाउनेमा पर्वत घर भएकी ४१ वर्षीया वृन्दा गिरी रहेकी छिन् । त्यस्तै गोली लागेर घाइते हुनेमा पूर्ण आचार्य रहेका छन् । घाइते आचार्यको अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

मृतक गिरी साढे पाँच महिना अघि मात्र अमेरिका आएकी उनको आफन्तले जनाएका छन् । उनका १४ वर्षीया छोरी र ११ वर्षीय छोरा रहेको अमेरिकाबाट सञ्चालन हुने नेपलिज डायस्पोरा डट कमले जनाएको छ । बाल्टिमोरभन्दा ३५ माइल उत्तर पूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको वितरण केन्द्रभित्र बिहीबार गोली चलेको थियो ।

केन्द्रमा पार्ट टाइम काम गर्ने २६ वर्षीया महिला स्नोचिया मोज्लीले गोली चलाएको प्रहरीले जनाएको छ । अरुलाई गोली हानेर उनले आफैलाई पनि गोली हानेको र उपचारका क्रममा अस्पतालमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम संस्कार कार्य:
मिति: सेप्टेम्वर २३,२०१८ आइतवार 
समय: बिहान ९ बजेदेखि ११ बजेसम्म 
स्थान: Evans Funeral Chapel and Cremation Services 
8800 Harford Rd, Parkville, MD 21234

तिलकुमारी पुरी (आमा)
काशीराम गिरी (पति)
सृष्टि गिरी (छोरी)
शिरिष गिरी(छोरा)
सरोज पुरी (दाजु)
सुमन पुरी (भाई)
शान्ति पुरी (बुहारी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *