२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपाल स्रष्टा समाजमा विधान आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ६ गते १५:२८

काठमाडौँ /असोज ६ – नेपाल स्रष्टा समाजको आज सम्पन्न ११ औँ साधारण सभाको निर्वाचनबाट आगामी दुई वर्षका लागि कवि विधान आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  सो कार्य समितिमा प्रा.डा. गोविन्दमानसिंह कार्की उपाध्यक्ष, पुष्पा खनाल महासचिव, नवराज तिमल्सिना अवदोषी कोषाध्यक्ष, र जानु धिताल सचिवमा निर्विरोध निर्वाचित हुनु भयो । कार्यसमितिका सदस्यहरूमा डा. विष्णु राई, डा. पुष्करराज भट्ट, नवराज पुडासैनी ज्योत्स्ना, तर्कना शर्मा, लेखजङ्ग खत्री, रश्मि रिमाल समेत निर्विरोध निर्वाचित हुनु भयो ।
साधारण सभाका अवसरमा वर्तमान अध्यक्ष पवन आलोकले नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै संस्थाको विधानअनुसार संरक्षक सदस्यमा रहनका लागि रू एक लाखको योगदान समेत गर्नुभयो ।

सभामा सबै सदस्यका तर्फबाट राजेन्द्र गुरागाईँले नव निर्वाचित कार्यसमितिलाई बधाई दिनु भयो । नव निर्वाचित अध्यक्ष आचार्य कार्यसमितिका सबै निर्वाचित सदस्यहरूको परिचय समेत गराउनु भयो ।  नेपाली लगायतका नेपालमा बोलिने भाषा–साहित्यको सिर्जना, सम्वद्र्धन र विकासमा योगदान पु¥याउने तथा लोकतान्त्रिक नेपालको उन्नयनमा साहित्यका माध्यमबाट रचनात्मक सहयोग पु¥याई नेपालका साहित्यको अन्तर्राष्ट्रियकरणसमेत गर्ने उद्देश्यले वि.सं २०६४ पुस १६ गते नेपाल स्रष्टा समाजको स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *