२०८१ वैशाख १३ गते | 25th of April 2024

नेवा समाजले लस एन्जलसमा ईन्द्रजात्रा कार्यक्रम गर्दै

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ६ गते २३:०५

लस एन्जलस – नेवा समाज, साउदर्न क्यालिफोर्निया च्याप्टरले नेपालमा शुरु भएको प्रख्यात धार्मिक तथा सांस्कृतिक परम्परागत पर्व ईन्द्रजात्राको अवसर पारेर लस एन्जलस शहरमा पहिलोपटक ‘यन्य पुन्ही’ – ‘ईन्द्रजात्रा कार्यक्रम’ को आयोजना गर्दैछ । प्रवासमा नेपाली परम्परा, संस्क्रिती, धर्म र नेवारी कलाको प्रबर्धनका लागि आगामी सोमबार ‘समयबजी भेटघाट’ को आयोजना गरेको छ । Image may contain: 1 person

स्थानिय कलाकारहरुले प्रस्तुत गर्ने नेवारी परम्पराका प्रस्तुतीहरु र ईन्द्रजात्राको झझल्को दिने झांकी पनि प्रस्तुत गरिने कार्यक्रम रहेको संस्थाका महासचिव बिमल श्रेष्ठले जानकारी गराएका छन । श्रेष्ठकानुसार कार्यक्रममा नेवारी खानाको सेवा रहने ब्यबस्था मिलाईएको छ । No automatic alt text available.

नियमित रक्तदानजस्तो सामाजिक कार्यक्रम, म्ह पूजाजस्तो परम्परागत सांस्कृतिक कार्यक्रम, लस एन्जलसमा हुने हरेक कार्यक्रममा निस्वार्थ सेवारत नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाले नेपाली कलाको प्रचार र प्रवर्धनका लागि आयोजना गरेको ‘ईन्द्रजत्रा – यन्य पुन्ही’ कार्यक्रमले नामका लागि मात्र नभै सामाजिक कामका लागि पनि संस्थाहरुको जन्मा हुनुपर्छ भन्ने सन्देश दिएको छ । 

कार्यक्रम बारे जानकारी :
स्थान : Tara Himalayan Cuisine
समय : 7 : 00PM – 10 : 00PM
मिती : September 24, Monday
संपर्क : Durga Shrestha @ 213-819-2385
           : Bimal Shrestha @ 657- 337- 6688

Leave a Reply

Your email address will not be published. Required fields are marked *