लस एन्जलस – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन नसकेको भन्दै लस एन्जलसका महिला अगुवाहरुले लस एन्जलसमा दवाब कार्यक्रम गर्ने भएका छन । एन डब्लू जी एन, लस एन्जल्स च्याप्टरले पन्तलाई सरकारले न्याय दिन नसकेको भन्दै प्रवासबाट नारी आवाज उठाउन दवाब कार्यक्रम गर्न लागिएको च्याप्टरकी अध्यक्ष अमृता गैरेले जनाएकी छन ।
मुलुकमा बढ्दो महिला तथा बालबालिका हिंसा, हत्या, बलात्कार लगायतका जघन्य अपराध नियन्त्रण गर्न सरकारको ध्यान खिच्न स्थानिय आर्टेसिया पार्कमा आयोजना हुने दवाब कार्यक्रममा उपस्थित हुन अध्यक्ष गैरेले अनुरोध गरेकी छन ।
स्थान : आर्टेसिया पार्क, आर्टेसिया
मिती : सेप्टेम्बर २३, २०१८, आईतवार
समय : बिहान ८ देखी ९ बजेसम्म ।
आयोजक : एनडब्लूजीएन, लस एन्जलस च्याप्टर ।