२०८१ वैशाख १३ गते | 25th of April 2024

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित, लोकतान्त्रिकको बहुमत

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ७ गते १२:१२

काठमाडौ- नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । महासंघको ११ औं अधिवेशनमा तीन जना प्रतिस्पर्धीलाईपछि पार्दै उनी महासंघको अध्यक्ष भएका हुन् ।

उनका प्रतिस्पर्धीमा रामशरण देउजा, यज्ञध्वज कार्की र पुरुषोत्तम मानन्धर थिए । मानन्धरबाहेक सबैको आ–आफ्नै प्यानलमा उठेका थिए । सिंहले महासंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, द्धितिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको रुपमा काम गरिसकेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । उनी सिंहकै प्यानलबाट उम्मेदवार बनेका थिए । उपाध्यक्षमा प्रदेश नम्बर १ बाट धिरेन्द्र दाहाल, २ बाट सुरेन्द्रप्रसाद सिंह, ३ बाट पेम्बा लामा शेर्पा, ४बाट राजेन्द्र पहाडी, ५ बाट टोप बहादुर रायमाझी, ६ बाट रत्न बहादुर खड्का र ७ बाट टेक बहादुर सेटी विजयी भएका छन् ।

त्यस्तै एसोसिएट उपाध्यक्षमा आङ दोर्जी लामा, महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टंकप्रसाद चौलागाई, आन्तरिकतर्फको उपमहासचिवमा नरहरी थपलिया विजयी भएका छन् । कोषाध्यक्षमा सिंह प्यानलकै हिरणकुमार श्रेष्ठ र सहकोसाध्यक्षमा सरस्वती कार्की निर्वाचित भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । उक्त मतदानमा ९३७ मत खस्नु पर्नेमा ९०८ मत मात्रै खसेको थियो । करिब ४ बजेदेखि मत गन्न शुरु गरिएकोमा आधारातमा मात्रै गणना सकिएको थियो ।

निर्माण व्यवसायी महासंघमा ५९ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । जसमा ५३ जना सातै प्रदेश, महिला, जनजाति, पिछडिएको वर्ग, वस्तुगत समूह लगातयबाट छनौट भएका छन् । बाँकी पाँच जना पदाधिकारीलाई अध्यक्षले मनोनित गर्नेछन् भने एक जना निवर्तमान अध्यक्षको रुपमा रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *