२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

बन्चराले हानेर मेरा बालाई मार्यौ, भट्टराईलाई काला टालोको डर ?

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ७ गते २३:०२

-हरि भट्ट, गोरखा-२
हाल अमेरिका । 

हाम्रा ज्ञानेन्द्रियहरूले गर्ने अनुभव भन्दा सुक्ष्म रूपमा सतहको गहिराइमा गएर गरिने अध्ययन पश्चात पाउने ज्ञान र बिषयबस्तुको भेदको सत्यता नै जीवनको वास्तविक अध्ययन हो, त्यो नै आखिर सत्य ज्ञान हो । डगाएर डगमगाउंदैन सत्यता, न त मेटेर मेटिन्छ, सत्यता । डा. बाबुराम भट्टराईले आर्जन गरेको ‘त्यो बुर्जुवे शिक्षाको धमास र बुर्जुवा शिक्षाले दिएको प्रमाण पत्रको रवाफ हेरिनसक्नु छ, न सम्झी साध्य छ । पृथ्वीनारायण शाहको रास्ट्रिय एकताको ‘गोरखाली जीत’ भन्दा १७ हजार निर्दोश निहत्था जनताको ज्यान लिएको उनले ‘बिगुल फुकेको द्वन्दको ‘जनयुद्धे रवाफ’ र आंपपिपलको बिद्धालयले दिएको बोर्ड फर्स्टको प्रमाण पत्रमा उनलाई बढी घमन्ड छ ।

बावुरामको कथित बुर्जुवा शिक्षा प्रणालीबाट स्वयम् आफूले नै लिएको एसएलसी टपर र विद्यावारीधीको डिग्रीलाइ भजाएर पचासौं बसन्त पार गर्दै आजको दिनसम्म उनलाई आफ्नो राजनैतिक, वैचारिक, शैक्षिक क्षमताको त्यही प्रमाण पत्रको परिचय पत्रले डा.बावुराम अहिले अमेरिका छन् । तर त्यही शैक्षिक प्रणालीलाइ बुर्झुवा शिक्षा भनेर शक्तिशली कलमको सट्टा द्वन्दको बन्दुक जवरजस्ती बोकाईेका कैयौं निर्दोश दाजुभाई तथा दिदीबहीनीहरू अरबको मरूभुमिमा जीन्दगीको संघर्ष गर्न बाध्य छन् । प्रायश्चितले युद्धका नाममा मर्ने त मरेर गए, कती मारिए । श्यामसुन्दर मारिए, मुक्तिनाथ अधिकारी झुन्डाईए ! मेरा बाबालाई हाम्राइ सामु खोसेर लगेर बन्चराले टाउकोमा हानेर भुत्ते खुकुरीले रेटी-रेटी मारे । राज्यले पनि मार्यो तर मेरो माग बाबुरामजस्ता गृहयुद्ध मच्चाएर सत्ताप्राप्तीपछी ‘बोर्ड फर्स्टको प्रमाण पत्र’ घांटीमा झुन्डाएर अहिले अमेरिकाका बिभिन्न राज्य ‘पार्ट टाईममा क्लास लिएर डलर खल्तीमा हाल्ने’ बाबुरामलाई नै हो । के बिगारेका थिए, मेरा बाबाले । ठीक छ बाबा मरेर गए, प्रजातन्त्रको सर्वाधिक शक्तिशाली राज्य अमेरिकामा बसेर तिम्रा अगाडी कालो झन्डा देखाउन नपाउने ? बाबुराम डा. भट्टाराई हुंदा म बबुरो थिएं, अहिले म हरी,  बाबुराम र प्रचन्डहरु ‘नारायण’ हुंदा मेरा बा जस्ता अकाराण मारिएकाहरुको बारेमा बोल्न नपाउने ?

मेरा बा जस्ता मारिएर जाने त गए । तर, जानी नजानी युद्धमा लागेर अहिले रोजीरोटीका लागि अरबको खाडीमा ढांड सेकाएर पसिना चुहाएका ती लडाकुहरुले वेला-बेलामा प्रचण्ड र वावुरामका नाममा लेखेका खुला पत्रहरू मार्फ़त तीनका दर्दनाक वेदनाका आंशुहरू हामीले देख्ने गरेका छौं । साम्यवाद ल्याउन भन्दै सामन्तवाद देखाउंदै शक्ति बन्दुकको नालबाट आउंछ भन्ने जुन झुटको सपना बांडेर युद्दमा युवा युवतीहरुलाई फसाइयो, रगतको बदला रगत भन्दै मानिसहरूलाई उत्तेजित पार्दै कयौं विद्धालयमा आगो लगाईयो । गाउंहरु युद्दस्थल बनाएर मर्न र मार्न लगाईयो । बम र बारूदले उडेका बिद्धालयहरुका भग्नावशेषहरू बाबुराम र प्रचन्डका गाउंहरुमा अझै पनि ताजै छन् ।

तिनले ढालेका दुरसंचारका पोलहरुमा अहिले पनि धमिरा हुंदिरहेका होलान । हेरे हुन्छ नि गएर ? किन आउनु अमेरिका पार्ट टाईम पढाएर डलर कमाउन ! अन्तरराष्ट्रिय कानुन विपरीत अबोध कलिला बालवालिकाहरूलाई युद्दमा भर्ती गराई कलम र कापी बोक्ने हातहरूमा बन्दुक र गोली थमाईयो । प्रचण्ड र लालध्वज नामक ड्राइभरहरुले माओबादी नाम गरेको रेलमा बिभिन्न डर, त्रास धम्कीका प्यासेन्जर गुडाउंदै, राजामार्गमा चाडवाडमा घर हिनेका बसहरुमा आगो लगाए । बाध्यताबश सोझा-सिधा नेपाली दाजुभाई तथा दिदीबहीनीहरूलाई कथित साम्यबादको सपना देखाएर जनयुद्द नामक हत्या र हिंसाको बाटोमा जनसेना, मिलिसिया लगाएत बिभिन्न नाम उपनामहरूका रेलका डिब्बाहरू थप्दै माओबादी नाम गरेको रेलले प्रचण्डपथ नामक लिकमा कुनै गंतव्य तय गर्न सकेन ।

१० बर्ष सम्म १७ हजार नेपाली दीदीबहीनी तथा दाजुभाइहरूको ज्यान लिईयो । कैयौंलाई अंपाग बनाईयो । नेपालीचेलीहरू विधवा बने । बालबालिकाहरुलाई टुहुरा बनाईयो । हजारौं घरबार विहीन बने । बैंक लुटियो । राज्यका सम्पतीहरु बारुदमा उदाएर जिन्दावादका नारा लगाईयो, आज मेरो बालाई किन मार्यौं भनेर मैले तिमीहरुलाई मुर्दावाद भन्न नपाउने ? यही हो तिमीहरुले ल्याएको गणतन्त्र ?

समग्र राष्टको बिकासमा नकारात्मक असर पुर्याएको त्यो तथाकथित जनयुद्धको कुरा त पुरानो भईसक्यो । ड्राइभरहरू खर्बौपति बने, सर्बहाराको नेता १० बर्षको अन्तरालमा छोरीहरूलाइ १५-१५ करोडको घरहरू उपहार दिने हैसियतमा आएर दक्षिण एसियाको धनाढ्य नेताको रुपमा स्विस बैंकमा रकम सुरक्षित गर्न अग्रपंक्तीमा नाम दर्ज गराउन सफल भए । उता माओबादी नामक रेलको अस्तित्वलाई माटोमा मिलाउंदैमा हिजो प्रचण्ड पथ नामक सशस्त्र हिंसामा मानव अधिकार र मानवता विरूद्दको अपराधलाइ संसारले कैद गरेर राखेको छ । लालध्वज र प्रचण्ड नामक चालकहरू त्यसको मुख्य दोषी हुन् । माओबादी पार्टी आज लिलाम भएपनि कमाण्डरको नाताले माओबादीका नाममा दन्द्दको क्रममा हिजो भएका अपराध अनुसारको दण्ड सजाय पाउनुपर्छ । जबसम्म (पीडक)उलंघनकर्ताहरूलाइ दण्ड सजाय हुदैन र पीडीतहरूले न्यायको प्रत्याभूती गर्दैनन् तबसम्म न्यायको ढोका ढक्कढकाउने अभियान निरन्तर चलिरहन्छ ।चाहे नेपालको भूगोल भित्र चलाईएको अभियान होस् या संसारको कुनै पनि कुनामा बसेर गरिएको न्यायको अभियान किन नहोस् । न्यायको ढोकामा एकदिन तिमीहरु उभिने छौ, जुनसुकै पक्षका होऔ, तिमीहरु । न्यय खोज्न हामीले नपाउने भए किन मार्यौ बन्चराले हिर्काएर मेर बालाई, उत्तर देउ, अमेरिकामै पहिले पसिना बगाउने गाउंमा आएको बेला ।

माओबादीले अंगालेको हत्या हिंसाको बाटोमा हिडाउने उनै लालध्वज आज बावुराम भट्टराई बन्दुक होइन शान्ति, विखण्डन होइन एकता र साम्यवाद होइन समाजबाद भन्दै अमेरिकामा बुद्द, पृथ्वीनारायण शाह र विश्वेश्वरलाई आदर्श मान्दै पाप पखाल्न भर्जिनिया, डालस र लस एन्जलसका मन्दिरको दर्शन गर्दै पूजारीको हातबाट टिका थाप्दै हिंडेका छन । मेरा बाहरुलाई भुत्ते खुकुरीले हाम्रो सामु रेट्दा तिम्रै गाउंको गोरखकाली माता, गोरखनाथ र मनकामना माईको आस्था जागेन ? तिम्रा यस्तै काल पाप र कर्तुतहरुलाई प्रजातन्त्रको यो मुलुकमा सहयोग गर्न हामीले काला टाला तेर्साएका हौं । कालो झन्डा सहित तिमीहरुलाई हरेक राज्यमा स्वागत गरिनेछ । जोसुकै बासुन । बास्नेहरु भन हो, किन मारिए मेरा बा ?

कथित जनयुद्दको नाममा बाबुराम र प्रचण्ड कमाण्डर भएर गरेका नेपाली जनताको मौलिक आधारभूत अधिकारहरू, मौलिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रताहरू माथि गम्भीर भएका होईनन ? मानवअधिकारको गम्भीर हननमा यिनीहरु सत्तामा गएपछि के लछारपटार लाग्यो ? कयौ मानवताविरूद्दको अपराधहरू यिनिहरुको बलमा लुकेको छ । समग्रमा नेपाल र नेपालीहरूको लागि अन्तराष्ट्रीय मुल्य र मान्यताहरूको उल्लघंन गर्दै मेरा बाजस्ता कंयौ निर्दोशहरुको घांती रेट्ने जघन्य अपराधहरूका भागीदारहरुलाई नास्ता पानी होइन, काला टालाहरुले स्वागत गर्नुपर्दछ । प्रचण्ड र बावुरामको निर्देशनमा भएका कथित जनयुद्दको कमाण्डरहरुलाई तालीको तोपले स्वागत होईन, काला टालाहरु बोकेका हातहरु स्वागतका लागि लाम लागेका हुनुपर्दछ ।

विगतको १० बर्षे हिंसात्मक दन्द्दको समयमा जनयुद्द नाम दिएर गरिएका साना-ठुला सबै खाले ज्यादतीहरु, मानब अधिकार हननका घटनाहरु र मेरा बा जसरी मारिनु परेका अपराधहरूको विरोधको आभाश कमसेकम कालो झण्डा भित्र लुकेको छ । डा.भट्टराइको उपस्थिति स्विकार्य छैन र सामान्य पनि होईन भन्ने सन्देश भट्टराईलाई अमेरिकामा देखाईएका र देखाईने काला टालाहरुले प्रतिनिधित्व गर्दछन । बन्चराले हानेर मेरा बालाई मार्यौ, अहिले कालो टालोको डर ?

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']