२०८१ वैशाख १३ गते | 25th of April 2024

निर्मला पन्त घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ९ गते ९:२५

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका आशंकितहरुको सूचीसहितको बिस्तृत छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको छ।मन्त्रालयले भदौ ७ मा सहसचिव हरिप्रसाद मैनालीको संयोजक्तमा गठित छानबिन समितिले घटनाको वस्तुस्थिति ,स्थानीयको भनाई, प्रहरी अनुसन्धानमा भेटिएको कैफियत र अनुसन्धानमा आएका आशंकितहरुको विवरणसहितको प्रतिवेदन मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएको हो।प्रतिवेदन बुझ्दै मन्त्री थापाले प्रतिवेदनको पूर्ण कार्यन्वयन हुने बताए।समिति ले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो। समितिले अनुसन्धानमा देखिएका सबै कुरा प्रतिवेदनमा उल्लेख गरेको बताएको छ।

यसअघि समितिका एक जना सदस्य वीरेन्द्र केसीले निर्मलाका हत्यारा शत्तिशाली भएको दाबी गर्दै आफ्नो ज्यान अशुरक्षित भएको भन्दै राजीनामा दिएका थिए। त्यस क्रममा उनले निर्मलाको हत्याराबारे सबै कुरा बताउँदा समाजमा अशान्ति हुनसक्ने पनि बताएका थिए।पछि ‘राजनीतिक दबाब’मा उनले राजीनामा फिर्ता लिएर पुनः समितिमा फर्किएका थिए।भीमदत्त नगरपालिका २ उल्टाखामकी पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। उनको शव स्थानीयले ११ गते गाउँ नजिकैको उखुबारीमा उनको शव फेला पारेका थिए।निर्मलाकाे बलात्कार पछि हत्या भएकाे घटनाकाे करिब दुर्इ महिना पुग्नलाग्दा र थुप्रै समिति बनिसक्दासमेत हत्यारा पत्त्ता लाग्न सकेकाे छैन। हत्यारा पत्ता लगाउन महेन्द्रनगरमा भएकाे अान्दाेलनमा १३ वर्षीय बालक सनि खुनाले ज्यान गुमाउनुका साथै कैयाै‌ं घाइते छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *