२०८१ वैशाख १३ गते | 25th of April 2024

लुका मोड्रिच फिफा वर्ष खेलाडी

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ९ गते १७:४५

लन्डन – क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जितेका छन् ।

गोल डट कमका अनुसार ३३ वर्षीय क्रोएसियाली खेलाडी मोड्रिचले २०१८ को विश्वकप फुटबलमा आफ्नो देशलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण योगदान गरेका थिए । साथै स्पेनी क्लब रियल म्याड्रिडले चारपटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा विजयी हुँदा उनी क्लबका महत्वपूर्ण सदस्य रहेका थिए । मोड्रिचले विश्वकपमा गोल्डेन बल जित्नुका साथै गत महिना युरोपेली सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *