२०८१ वैशाख १५ गते | 27th of April 2024

अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १० गते ०:५५

रामेछाप, असोज ९ गते – रामेछाप जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ र मन्थली नगरपालिका वडा नं. १ मा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका स्थानीय सरकारी निकायसँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीले शिविर सञ्चालन गरेको हो।

भूकम्प प्रतिकार्यमार्फत् रामेछाप जिल्लामा सञ्चालित संरक्षण, लैङ्गिकता तथा समावेशीकरण गतिविधिअन्तर्गत् अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री पहिचानका लागि शिविरको आयोजना गरिएको हो ।

शिविरमा हाडजोर्नी, आँखा, नाक, कान, घाँटीलगायत मनोपरामर्श, सामान्य चिकित्सा तथा फिजियोथेरापीसम्बन्धित चिकित्सकहरूले स्वास्थ्य जाँच गरी आवश्यकताको पहिचान गरिएको थियो ।

हिजो रामपुरमा सञ्चालित स्वास्थ्य शिविरमा ४६ जना र आज मन्थलीमा सञ्चालित शिविरमा ३७ जना अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच गरिएको हो ।

सम्बन्धित क्षेत्रका चिकित्सकहरूको सिफारिसका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री वितरण गर्ने रेडक्रसको योजना रहेको छ ।

वडा नं. १ मा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका स्थानीय सरकारी निकायसँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीले शिविर सञ्चालन गरेको हो।

भूकम्प प्रतिकार्यमार्फत् रामेछाप जिल्लामा सञ्चालित संरक्षण, लैङ्गिकता तथा समावेशीकरण गतिविधिअन्तर्गत् अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री पहिचानका लागि शिविरको आयोजना गरिएको हो ।

शिविरमा हाडजोर्नी, आँखा, नाक, कान, घाँटीलगायत मनोपरामर्श, सामान्य चिकित्सा तथा फिजियोथेरापीसम्बन्धित चिकित्सकहरूले स्वास्थ्य जाँच गरी आवश्यकताको पहिचान गरिएको थियो ।

हिजो रामपुरमा सञ्चालित स्वास्थ्य शिविरमा ४६ जना र आज मन्थलीमा सञ्चालित शिविरमा ३७ जना अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच गरिएको हो ।

सम्बन्धित क्षेत्रका चिकित्सकहरूको सिफारिसका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री वितरण गर्ने रेडक्रसको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *