२०८१ वैशाख १४ गते | 26th of April 2024

पोखरामा बलत्कारपछी हत्याको अर्को प्रकरण

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १० गते ८:५५

पोखरा – पोखरा २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गर्नेलाई कास्की प्रहरीले एक दिनमै समातेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै सफलता हात परेको हो ।

श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेका हुन् । घटनापछि शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरिएको थियो पक्राउ पर्नेहरु सबै पुम्दीभुम्दीकै हुन् । तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने स्विकार गरिसकेको बताएको छ ।

यसबारेमा पुष्टि गर्न कार्यक्षेत्र रहेको वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी नविन कार्कीलाई सोध्दा अपराधमा संलग्न पक्राउ परिसकेको जनाए । यद्यपी, उनले पक्राउ परेकाबारे थप कुरा खोल्न चाहेनन् । उनले पत्रकार सम्मेलन गरेरै यस सम्बन्धमा जानकारी दिने उल्लेख गरे ।

को हुन् अभियुक्त कुशुम पौडेल ?
पोखरा २२ पुम्दीभुम्दकीका कुशुम पौडेलको घरमा श्रीमती र छोरा छन् । बुबा आमासँग छुट्टै बस्थे । काम केही छैन । मलेसिया र कतार गएर फर्किएका थिए । एक डेढ वर्ष अघि फर्केर घरमै थिए । 

लेकसाइडमा जान्छु भनेर निस्कन्थे । कन्स्ट्रक्शन लेबरमा काम गर्थे । गाउँतिर हल्लियो । रक्सी गाँजा खायो । श्रीमतीले ५० हजार बढी पैसा छोरोको पढाई खर्चका लागि ऋणमार्फत जोहो गरेकी थिईन् । त्यही पैसा लिएर कता गए कता ? घर फर्केको तीन साता पनि भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *