२०८१ वैशाख ७ गते | 19th of April 2024

डिभी लोटरी, आशंका बिच नै खुल्यो, कहिलेदेखि भर्ने ?

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ११ गते २:५१

अमेरिका – आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी खुलेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०२० का लागि डिभी लोटरी खोलिएको जानकारी दिएको हो ।

अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२ बजेसम्म डिभी लोटरीका लागि फारम भर्न सकिनेछ । डिभी लोटरीका लागि आवेदन दिन अन्तिम समयसम्म नकुर्न अमेरिकी सरकारले सुझाव दिएको छ ।

साथै डिभी लोटरीका लागि एकजनाले एउटाभन्दा धेरै आवेदन नदिन समेत अमेरिकी सरकारले सुझाव दिएको छ । एउटाभन्दा धेरै आवेदन दिएमा त्यस्ता आवेदकहरु कार्यक्रममा भाग लिनबाटै अयोग्य हुने जनाइएको छ ।

डिभी लोटरी भर्न र रिजल्ट हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।तर डिभी लोटरी भर्ने लिंक भने आगामी अक्टोबर ३ बाटमात्र उपलब्ध हुनेछ ।

अक्टोबरको ३ देखि डिभी लोटरी भर्नेहरुको रिजल्ट भने मे ७ २०१९ बाट आउन थाल्नेछ । अमेरिकी सरकारको आधिकारिक वेवसाइटमा गएरमात्र डिभी लोटरी भर्न र रिजल्ट चेक गर्न सकिन्छ । डिभी लोटरी भर्नका लागि अमेरिकी सरकारलाई कुनै शुल्क बुझाउनु पर्दैन ।

डिभी लोटरीका लागि योग्य हुने मापदण्डहरुमा गतबर्षको तुलनामा यो बर्ष कुनै परिवर्तन गरिएको छैन । बंगालादेश, ब्राजिल, क्यानडा, मुख्यभूमी चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, साउथ कोरिया, नर्दन आयरल्याण्ड बाहेक बेलायत तथा आश्रित भुभागहरु र भियतनामका नागरिकहरु यसबर्ष डिभी लोटरीका लागि आवेदन दिन योग्य हुनेछैनन् । किनभने ती देशहरुबाट विगत ५ बर्षमा ५० हजारभन्दा धेरै नागरिकहरु अमेरिकामा स्थायी बसोबासका रुपमा आइसकेका छन् ।

स्रोत : खसोखास

Leave a Reply

Your email address will not be published. Required fields are marked *