२०८१ वैशाख १३ गते | 25th of April 2024

ओली सरकार, मेरो हेराईबाट

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ११ गते २०:००

– सुदिप पन्त
लस एन्जलस, अमेरिकाि ।

बिगतमा नेपाल जादा बेथितीको कुराहरु सोध्न मन लागेको थिएन  । आफुले लिएको बिचार र निष्ठाको राजनीतिक गर्ने पार्टीले सरकारमा र पार्टीमा निर्णय तहमा बसेर गरेका कतिपय बिषयहरुमा मेरो खुल्ला  बिमति थियो ।

त्यो बिमति राख्ने बिदेशमा बस्ने एउटा सामान्य प्रतिनिधि पात्र मात्र थिए म । त्यस्को परिणाम पनि नेपालमा रहेका जनताहरुले संघिय चुनाव र प्रादेशिक चुनाव मार्फत देखाएका थिए जुन मेरो सोच अनुसार बिल्कुल ठीक थियो ।  म आफ्नै घर पहिला सुधारऔ भनेर आफ्नै साथिभाइ र नेत्रित्वलाई गाली गर्ने छुचो ब्यक्ती हो । यो पल्ट नेपाल २० दिन बसेर आउँदा नबोलौ भन्दा पनि मनले मानेन ।

दुई तिहाई बहुमत प्राप्त ओली सरकारबाट सामान्य जनताले धेरै  अपेक्षा गरेका थिए । मैले पनि ९ महिने बिगतको ओली सरकार कमजोर भए पनि त्यो बेला गरेका बोल्ड निर्णयहरुको तुलना गर्दै अहिले त झन पूर्ण पावरका साथ सिंहदरबारको बलियो र दर्बिलो कुर्सीमा बसेका ओलीबाट नेपाल र नेपालीले केही पाउछन भन्ने आशा गरेको थिए । २० दिनको नेपाल बसाइमा मैले भेटेको साधारण ब्यक्तीहरु देखी नेत्रित्व भूमिकामा रहेका ब्यक्तीहरुबाट निराशाहरु मात्र ब्यक्त भए ।

ओली सरकार ब्युरोक्रेसीको आफ्नो प्यारो झुण्डबाट मात्र होइन नेकपा पार्टीको केही झुण्डहरु बिचमात्र चाकाचुली खेलेर बसेको पाए ।  केपी ओलीको गृह क्षेत्रको नै स्थाई बासिन्दा हो म ।

१५ बर्ष अघी केपी ओलीसँग भएको चिनजान र धेरै पल्ट उनिसँग गरेको अन्तर्वाता  एब बालकोटमा उनिसँग भेट्दा भएका कुराकानीबाट म धेरै नै प्रभावित भएको थिए । उनीसँग देश बनाउने जज्बा थियो ,खाका थियो । कुरा नचपाइ बोल्थे । पक्ष बिपक्ष सबैलाई मिलाएर जाने उनको सोचबाट मैले उनिमा एउटा अनुभवी  मुलुकलाई एउटा नयाँ दिशा दिन सक्ने दुर्दर्शिता देखेको थिए । अहिले उनी सर्बशक्तिमान छन तर थाहा छैन उनको आँखामा कस्ले पट्टी बाधेको छ ?उनी जस्ले घुमाउन सक्छ उसैको घुमाइमा घुमिरहेका छन । त्यती कमजोर ओली होइनन मेरो नजरमा । अब पनि आँखाको पट्टी खोलेर मुलुकलाई हेरेनन भने ईतिहासमा गर्बिलो र सम्मानित प्रधानमन्त्रीको छबी बनाउने उनको सपना सपनामा मात्र सिमित  हुन बेर लाग्दैन ।

नेपाली काङ्रेस पार्टीले आरोप लगाउदै आएको कम्युनिज्मबाट मुलुकको हरेक तह तप्का र क्षेत्रमा एकाधिकार लादेको उनले गरेको नियुक्ती र निर्णयहरुबाट प्रष्ट  झल्किन्छ । काङ्रेसको  हिजोको सत्ता शासन भन्दा बढि  उग्र रुप नेकपा पार्टीको ओली खेमामा देखिएको छ । अहिले ब्यापारि, कर्मचारी, पुलिस, न्यायलय सबै क्षेत्रमा कित्ता काटेर कम्युनिस्ट भएका मात्रको बोलबाला देखिन्छ अनी अकुत सम्पत्ती कमाउने दाउमा छन धेरै जना ।

मुलुकमा ल एण्ड अडर एकदम कमजोर छ । महंगी उत्कर्शमा पुगेको छ । पहिला एक मुठी साग किन्न जादा  थोरै पैसामा एक झोला आउथ्यो अहिले झोला भरी पैसा बोकेर जादा एक मुठी साग आउछ । नेपालका चलेका पत्रिकाहरुका मुख्य पृष्‍ठहरुको समाचारहरु हेर्दा अग्रगामि होइन झन पछील्तिर धकेलिएको पाउछौ । नेकपा पार्टीभित्रका पनि कतिपय   असल ब्यक्तिहरुमा निराशा छाएको देखिन्छ । ओलीको बोलीमा ,भ्रष्ट कर्मचारिहरुलाई, काला र दलाल ब्यापारिहरुलाई, खराब पुलिस एब खराब प्रशासनिक निकायमा बस्ने कर्मचारीहरु एब बेथितिको न्यायलय बनाउन खोज्ने बिचौलिया र न्यायलयका खराब पदाधिकारिहरुलाई नियन्त्रण गर्नै  जरुरी देखिन्छ ।

धेरै बोल्नै पर्दैन, तीन कुराहरु बिधीको शासनलाई कडा रुपले पालना गराउने, महंगी र भ्रष्टाचारलाई कडाइ गर्ने मात्र काम गरे जनताहरुले ओली सरकारको जय जयकार गर्ने थिए । जनताहरुमा ठुलो र धेरै अपेक्षा  छैन । दुई छाक सजिलो गरी खान, शान्ती र सुब्यब्स्थित रुपये आफ्नो कटेरोमा बस्न पाए पुग्छ उनिहरुलाई । तर यदी यस्तै स्थिती रह्यो भने ओली सरकारको दुइतिहाइले सरकार थामिने स्थिति देखिदैंन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *