२०८१ वैशाख १३ गते | 25th of April 2024

निर्मलाको हत्यारा पत्ता लाग्छ, सत्यतथ्य बाहिर आउँछ : सांसद बस्नेत

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १५ गते १७:५०

कास्की – सङ्घीय संसद्का सांसद महेश बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्यबाहिर आएरै छाड्ने बताएका छन् । सरकारले पहिलोपटक मातहतका एसपी, डिएसपीलगायत नौ जनालाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेकाले समय लागे पनि घटनामा संलग्नको पहिचान भई छाड्ने उनको भनाइ छ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वउद्योगमन्त्रीसमेत रहेका सांसद बस्नेतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही घटनाको उदाहरण दिँदै निर्मला पन्तको घटनाको पनि वास्तविकता पत्ता लाग्ने र दोषीलाई कारवाही हुने भनाइ राखेका हुन। “१३ वर्षपछि रानीवन हत्याकाण्ड पत्ता लाग्यो, रणबहादुर बमको घटना पत्ता लाग्न पनि तीन वर्ष समय लाग्यो”, बस्नेतले भने , “थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय घटना छन्, जसको वास्तविकता पत्ता लाग्न समय लागेको छ । कञ्चनपुर घटनामा पनि ढिलाइ हुन सक्दछ तर दोषी पत्ता नलाग्ने भन्ने हुँदैन ।”

पहिला बलात्कारलगायत महिला हिंसाका घटना भित्रभित्र मिलाउन दबाब दिएर दबाउने गरिए पनि अहिले महिला चेतना बढेको कारणबाट घटना सार्वजनिक भएर कानूनी दायरा र प्रक्रियामा आउन थालेको सांसद बस्नेतको भनाइ छ। निर्वाचनमा दलबीच प्रतिस्पर्धा भएर एउटाले बहुमत ल्याएर सरकार चलाए पनि निर्वाचित सरकारले ल्याउने विकासका कार्यक्रममा भने सत्तापक्ष÷प्रतिपक्ष नभनी एकताका साथ अघि बढ्न उनले दलहरुलाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *