२०८१ वैशाख १४ गते | 26th of April 2024

कालो मन, कालो टालो मुक्त शहर : लस एन्जलस

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १५ गते २३:२९

-राजन अधिकारी
लस एन्जलस, अमेरिका ।

“You cannot teach a man anything; you can only help him discover it in himself.” : Galileo
हामी कसैले कसैलाई सिकाउने हैन र सक्दैनौ पनि तर उ भित्र रहेको क्षामतालाई जरूर उजागर गर्न सहयोग गर्न सक्छौ यदि त्यो व्याक्तिमा अरूको सहयोगी भाव बुझ्न सक्ने क्षामता र त्यसलाई ग्रहण गर्ने ईच्छाशक्ति छ भने !

हामीले सिक्नै चाहेनौ या जानेनौ, कारण जे भएपनि हामीले पटक्कै सिकेनौ ! अमेरिका बस्ने हामी नेपाली समुदायका केही नेपाली दाजुभाई दिदी बहिनीहरूको हर्कतले यही बुझाउछ ! मानवता र मानविय ब्याबहारको अनुपम उपहार रहेको मूलुकमा छौ हामी, नियाम कानूनले सबैलाई समान ब्याबहार गर्ने र अरूको भावनालाई उच्चतम सम्मान गर्नुपर्ने भूमिमा छौ साथै आफ्ना बाहुबल वा बहुज्ञानलाई भॉंजेर सजिलै खान,बस्न र रमाउन सकिने भूगोलमा छौ तर पनि हामी कताकता अलपत्रमा छौ ! नानीदेखी लागेको बानीमा पट्कै सुधार आएन , यहॉं सिक्नै पर्ने थियो र सिकाउनेहरूले सहजीकरण पनि गरिरहेकै छन तरपनि हामीले सिकेनौ वा सिक्नै चाहेनौ !

यस कर्मभूमीमा रहदा पनि आफ्नो जन्मभूमिको मॉंया र त्यहॉंको सरकारले गरिरहेको राम्रा कमको लागी निर्धक्क समर्थन र रचनात्मक सहयोग हुनु तथा बिमतीका कुराहरू पनि स्वच्छ हिसाबले राख्नु स्वभाविकै हो तर त्यसको लागी धेरै सकारात्मक र सम्मानजनक बाटाहरू छन ती बाटाहरू अबलम्बन गर्न हामीलाई सुहाउछ किनकी हामीहरू मानवता र मानबिय भावना बुझ्न सक्नुपर्ने मूलुकमा छौ तर हालैका केही घटनाक्रमलाई हेर्दा बिभिन्न स्टेट र शहरमा हाम्रा साथीभाईको बिरोधको शैली अली सभ्य र प्रजातान्त्रिक देखिएन की ? अली लाजमर्दो नै भयो की ? भन्ने अनुभूती सबैलाई हुनु अस्वाभाविक रहेन !

राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रसंघमा भागलिन आउनु भएको सरकार प्रमुख जस्ता ब्याक्तिलाई समेत कालोटालो फालेर हामीले केही जित्दैनौ बरू अन्तरक्रिया गरेर सभ्य र भब्य तरिकाले कडीकडाउ भषामा उनका कमजोरीहरू औल्याईदिन सक्छौ र हाम्रा आफ्ना समस्यहरू सम्बेधन गर्न भन्न सक्छौ तर कालोटालो ले न त हाम्रो समस्या बोल्छ न त प्रमले त्यस टालोमा उपहार पोको पारेर हामीलाई पठाउछन नै ! “आफ्नो आंग कन्याएर आफ्नै आंगमा छारो “ यो बिदेशी भूमिमा हामी आफ्नै साथीभाई बिच मनमुटाबमा उत्रनु पटक्कै सुहाउदो कुरा भएन ! अब हरेक बर्ष राष्ट्रसंघको वा अन्य कार्यक्रममा भागलिन आउनुहुने सबै प्रमहरूलाई कुनै न कुनै समूहले कालोटालो फलेर जात्रा गरिरहनु पर्ने हो त ? हामीले यस्तो बदलाको भावनालाई पनि आजैबाट मनमस्तिस्कबाट निकाल्न सक्नु पर्दछ “जस्तो लाई त्यस्तै” भन्ने सिद्दन्तबाट हामीहरू मुक्त हुनुपर्दछ बरू “ लातको बदला भात” ले पाहुनाहरूको सम्मान गरि हामी आफैले आफ्नै ईज्जत र प्रतिष्ठा बलियो बनाउन तर्फ अग्रसर हुनु पर्दछ !

तर यस लस एन्जलस शहरमा तत्कालिन समयका बाहालवाला र भूतपूर्ब गरि थुप्रै प्रधानमन्त्री तथा मन्त्री ज्यूहरू साथै उच्च पदस्थ सरकारी कर्मचारीहरूको समेत भ्रमण भयो, पंहुच र समय उपलब्धताका आधारमा यस शहरमा बस्ने साथीभाईहरूले उहॉंहरूको उध्देश्य पूरा गर्न भरपूर सहयोग गर्नुभयो भयो र अन्य सबैले आफ्नो स्रोत र साधन अनुसार भेटघाट, अन्तरक्रियामा सहभागी भई आफूले जानेबुझेका कुरा सुनाउनु भयो र सरकारबाट बिदेशमा रहेका नागरिकहरूको अपेक्षा राख्नुभयो र चित्त नबुझेको कुरा कडाईको साथ भद्र र सभ्य शैलीमा राख्नुभयो तर कहिलै अमर्यादित तबरले कालो टालो र गालीगलौच को बर्षा गराउनु भएन !

हामीलाई सभ्य र मर्यदित लस एन्जलसबासी हुनुमा गौरव छ र हामीलाई सधै अतिथीहरू र समुदायका सम्पूर्ण सदस्यहरूको सम्मान र सकारात्मक तथा रचानात्मक सहयोगको लागी जुटी रहन मन छ ! त्यसैले कालो मन र कालो टालो मुक्त समाज हाम्रो लस एन्जलस !! सबैको जय होस् !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *