२०८१ वैशाख ७ गते | 19th of April 2024

मेलम्चीको हतारोमा बौद्ध दुर्गन्धको आहालमा

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १६ गते ११:१४

काठमाडौं – दुई महिना भित्र मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने हतारो गर्दा ठेकेदारहरुको गल्तीले काठमाडौंको बौद्ध स्थित रामहिटी, रामनगर क्षेत्रवासी मारमा परेका छन् । बौद्ध क्षेत्रमा भने ठेकेदारको लापरवाहीका कारण स्थानीय बासिन्दाले सास्ती व्यहोर्नुपरेको छ ।

सोमबार राति अकस्मात घरमा पानी पसेपछि बौद्ध रामहिटी सिमलटारका बासिन्दा चकित परे । वर्षा मौसममा पनि पानीको असर नपर्ने यस क्षेत्रमा ढलको गनाउने पानी घरभित्रै छिरेपछि स्थानीय आक्रोशित बनेका छन् । भएको के थियो भने यस क्षेत्रमा मेलम्चीको पानीका लागि पाइप विछ्याउने क्रममा ढलको पाइप फुट्न पुग्यो ।

ठेकेदार कम्पनी समस्या समाधानको सट्टा कामै छाडेर भागे । अव्यवस्थित काम गरेर जनतालाई सास्ती पु¥याउने ठेकेदारका निर्माण सामग्रीमा स्थानीयले तोडफोडसमेत गरे । पाइप फुटेर आएको दुर्गन्धित ढल यस क्षेत्रका २० भन्दा बढी घरहरुमा पसेको छ ।

स्थानीयको आक्रोशले तोडफोडकै रुप लिएपछि बौद्ध र कपनबाट पुगेको प्रहरी टोलीले घटना साम्य बनाउने प्रयास गरेको थियो । निर्माण कम्पनी आज दिउँसो सम्म पनि सम्पर्कमा नआउँदा समस्या झन थपिएको छ । रामहिटीको कैलाशबोधी स्कुल अगाडि सिमलटार र आरुबारी खण्डमा ठेकेदारले काम गर्दागर्दै डोजर र निर्माण सामग्री सडकै अलपत्र छाडेपछि सो क्षेत्रको आवगमन समेत प्रभावित भएपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *